Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

वीरगंजमा दोश्रो प्रदेश स्तरीय फुटबल प्रतियोगिता सुरु

spot_img
spot_img

वीरगंज, ११ चैत । पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १३ औं स्मृति दिवसमा वीरगंजमा दोश्रो मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगितामा सुरु भएकाे छ ।

 गिरिजा प्रसाद कोइराला फाउण्डेसन पर्साले वीरगंजमा आयोजना गरेको प्रदेश स्तरीय फुटबल प्रतियोगिताकाे उद्घाटन शनिबार नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य अजय कुमार चौरसियाले गरेका थिए । 

फाउण्डेसनका मधेस प्रदेश संयोजक महम्मद शाहबुद्धिनको अध्यक्षतामा भएको उद्घाटन समारोहमा काँग्रेस पर्साका सभापति एंव प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री, फाउण्डेसनका बोर्ड सदस्य डाक्टरस शोभाकर पराजुली, काँग्रेस पर्साका उपसभापतिद्वय रामनारायण कुर्मी, अशोक कुमार गुप्ता, काँग्रेसका वीरगंज महानगर सभापति मणिन्द्रलाल श्रेष्ठ, जनमत पार्टीका नेता मुकेश द्धिवेदी , फाउण्डेसन पर्साका अध्यक्ष धिरज कुमार गुप्ता लगायतको सहभागीता रहेकाे थियो ।

आदर्शनगर रंगशालामा शनिबार भएको उद्घाटन खेलमा महोतरीलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै सिरहा विजयी भएकाे हाे । सिराहाले प्रतियोगितामा सुखद सुरुवात गर्दै सिधै सेमीफाइनलमा पनि स्थान बनाएको छ ।

खेल अवधिभर महोतरी माथि एकपक्षीय रुपमा हाबी रहेको सिराहाका लागि खेलको १४ औं मिनेटमा विनु आलेमगरले हेड मार्फत गोल गरि टिमलाई अग्रता दिलाएका थिए । तर त्यसको दुइ मिनेट नबित्दै महोतरीका दिपेश राइले गोल फर्काएर खेल १–१ को बराबरीमा पुर्याएका थिए ।

खेलको २३ औं मिनेटमा महोतरीको डिबक्स एरिया भित्रै सिरहाका खेलाडीलाई महोतरीका खेलाडीले लडाएरफल गरेपछि पाएको पेनाल्टीको सदुपयोग गरि सनम थापाले गोल गरेपछि सिरहाले अग्रता दोब्बर पारेको थियो । त्यसपछि खेलको ३८ औं मिनेटमा सिरहाका सुजन पुलामीले आफनो टिमका लागि थप एक गोल गरेपछि पहिलो हाफमा सिरहाले ३–१ को अग्रता बनाएको थियो ।

खेलको दोश्रो हाफमा महोतरीले आफनो खेलमा केहि सुधारको प्रयास गरेपनि ६९ औं मिनेटमा सिरहाका आलेमगरले डिबक्स अगाडि पाएको बललाई महोतरीको गोलपोष्ट भित्र छिराउन सफल भएपछि सिरहाले खेल ४–१ को फराकिलो अन्तरले जित्न सफल भयो ।

शनिबार भएको उद्घाटन खेलको म्यान अफ दी म्याच सिरहाका सुजन पुलामी घोषित भए । प्रतियोगितामा आइतबारको खेल पर्सा र सर्लाही बिच हुनेछ ।

प्रतियोगितामा मधेस प्रदेशका आठ वटै जिल्लाका गरि आठ टिम सहभागी छन् । प्रतियोगिताको फाइनल खेल चैत १८ गते हुनेछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...