Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

दोस्रो परवानीपुर गोल्डकपकाे उपाधी वीरगंज युनाईटेड क्लबले उचाल्यो

spot_img
spot_img

वीरगंज । कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप २०७९ को उपाधी वीरगंज युनाईटेड क्लब वीरगंजले उचालेको छ । परवानीपुर खेल मैदानमा भएको फाईनल प्रतियोगीतामा जनकपुर स्पोर्ट क्लब जनकपुरलाई हराउँदै वीरगंज युनाईटेड क्लब वीरगंजले उपाधि उचालेको हो ।

प्रतियोगीतामा जनकपुर स्पोर्ट क्लब जनकपुरलाई ०–५ गोल अन्तरले पराजित गर्दै वीरगंज युनाईटेड क्लब वीरगंजले उपाधि उचालेको आयोजक परवानीपुर युथ क्लबका महासचिव दिपक यादवले बताए । प्रतियोगितामा विजेता वीरगंज युनाईटड क्लब वीरगंजले १ लाख ५० हजार नगद शिल्ड तथा मेडल प्राप्त गरेको थियो ।

विजेतालाई प्रदेश सभा सदस्य जितेन्द्र सोनारले पुरस्कार वितरण गरेका थिए भने उपविजेता जनकपुर स्पोर्ट क्लब जनकपुरले ७५ हजार नगद शिल्ड तथा मेडल पाएको छ । उपविजेतालाई परवानीपुर गाँउपालिकाका अध्यक्ष रामक्षत्री कुर्मीले पुरस्कार वितरण गरे ।

खेलको म्यान अफ दि म्याच वीरगंज युनाईटड क्लबका चतुरधन चौधरीले र म्यान आफ दि सिरिज अभिशेख चौधरीले पाए । प्रतियोगीतामा वीरगंज युनाईटेड क्लबका विकाश चौधरीले बेस्ट डिफेन्डर, दिलमणी चौधरी वेस्ट गोलकिपरको पुरस्कार पाएका हुन ।

यस्तै जनकपुर स्पोर्ट क्लब जकनपुरका खेलाडी राकेश यादवले बेस्ट फरवार्ड खेलाडीको पुरस्कार पाएका थिए । जनकपुर स्पोर्ट क्लब जकनपुरका खेलाडी संजय मगरले मिड फिल्डरको पुरस्कार पाए ।

यस्तै वीरगंज युनाईटेड क्लबका वेस्ट कोचको पुरस्कार मुना चौचारीले पाए । प्रतियोगितामा मधेश प्रदेशका ६ वटा र बागमती प्रदेशका दुई वटा गरी ८ टिमको सहभागी भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...