Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

दोस्रो परवानीपुर गोल्डकप : जनकपुर स्पोर्ट क्लब फाईनलमा

spot_img
spot_img

वीरगंज । कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप २०७९ को दोस्रो सेमिफाईनल खेलमा जनकपुर स्पोर्ट क्लब जनकपुर जित निकाल्दै फाईनलमा प्रवेश गरेको छ ।

परवानीपुर खेल मैदानमा गोरखा फुटबल क्लब सर्लाहीलाई हराउँदै जनकपुर स्पोर्ट क्लब जनकपुर फाईनलमा प्रवेश गरेको हो ।

प्रतियोगिता अन्तर्गत आज भएको खेलमा गोरखा फुटबल क्लब सर्लाहीलाई १–० गोल अन्तरले पराजित गर्दै जनकपुर स्पोर्ट क्लब जनकपुर फाईनलमा प्रवेश गरेको आयोजक क्लबका बरिस्ठ उपाध्यक्ष उपाध्यक्ष अनिल श्रीवास्तवले जानकारी दिए ।

खेलको म्यान अफ दि म्याच जनकपुर स्पोर्ट क्लब जनकपुरका जर्सी नम्बर १ का गोलकिपर सागर मगरले पाएका थिए ।
उनलाई वीरगन्ज महानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष राधाकृष्ण रौनियारले नगद ५ हजार र ट्रफि प्रदान गरेका थिए ।

९० मिनेटको निर्धारित समयको पहिलो हाफ सम्ममा दुवै टिमले विना गोलको बराबरी खेलेका थिए । सुरु देखि नै रोमान्चक भएको खेलमा गोल हुन नसकेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो ।

ट्राइब्रेकरमा पहिलो पटक दुबै टोलि बराबरी गोल गरेका थिए ।
त्यसपछि दुबै टिमका गोलकिपरले पालो पालो गोल हान्नलाई अवसर पाए ।

त्यसमा पहिलो पटक जनकपुर स्पोर्ट क्लब जनकपुरका गोल किपर मगरले गोल गरे । भने गोरखा फुटबल क्लब सर्लाहीका गोलकिपर मिस गरेपछि जनकपुर स्पोर्ट क्लब जनकपुर फाइनलमा प्रवेश गरेको हो ।

यसअघि आयोजक परवानीपुर युथ क्लब परवानीपुरलाई वीरगन्ज युनाइटेड क्लब वीरगन्जले ट्राइब्रेकरमा हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ ।

चैत ४ गते शनिबार वीरगन्ज युनाइटेड क्लब वीरगन्ज र जनकपुर स्पोर्ट क्लब जनकपुर बीच फाइनल प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा मधेश प्रदेशका ६ वटा र बागमती प्रदेशका दुई वटा गरी ८ टिमको सहभागी थिए ।

प्रतियोगिता चैत ४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई ७५ हजार नगद शिल्ड तथा मेडल प्रदान गरिने आयोजक परवानीपुर युथ क्लबले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...