Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

दोस्रो परवानीपुर गोल्डकप : वीरगंज युनाईटेड क्लब फाईनलमा प्रवेश

spot_img
spot_img

वीरगंज । कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप २०७९ को पहिलो सेमिफाईनल खेलमा वीरगंज युनाईटेड क्लब वीरगंज जित निकाल्दै फाईनलमा प्रवेश गरेको छ । परवानीपुर खेल मैदानमा आयोजक परवानीपुर युथ क्लब परवानीपुरलाई हराउँदै वीरगंज युनाईटेड क्लब वीरगंज फाईनलमा प्रवेश गरेको हो ।

प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा परवानीपुर युथ क्लबलाई १–३ गोल अन्तरले पराजित गर्दै वीरगंज युनाईटेड फाईनलमा प्रवेश गरेको आयोजक क्लबका उपाध्यक्ष रवि रामले जानकारी दिए । खेलको म्यान अफ दि म्याच परवानीपुर युथ क्लब परवानीपुरका जर्सी नम्बर ८ का खेलाडी मुन्ना चौधरीले पाएका थिए । उनलाई आयोजक क्लबका पदाधिकारी र सदस्यहरुले नगद ५ हजार र ट्रफि प्रदान गरेका थिए ।

९० मिनेटको निर्धारित समयको पहिलो हाफ सम्ममा दुवै टिमले विना गोलको बराबरी खेलेका थिए । सुरुदेखि नै रोमान्चक भएको खेलमा गोल हुन सकेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । दोस्रो सेमिफाईनल खेलमा गोरखा फुटबल क्लब सर्लाही र जनकपुर स्पोर्ट क्लब जनकपुर भिड्ने छन ।

प्रतियोगितामा मधेश प्रदेशका ६ वटा र बागमती प्रदेशका दुई वटा गरी ८ टिमको सहभागी थिए । प्रतियोगिता चैत ४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई ७५ हजार नगद शिल्ड तथा मेडल प्रदान गरिने आयोजक परवानीपुर युथ क्लबले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...