Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

दोस्रो परवानीपुर गोल्डकप : गोरखा फुटबल एकेडमी विजयी

spot_img
spot_img

वीरगंज । कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप २०७९ को तेस्रो खेलमा गोरखा फुटबल एकेडमी सर्लाही विजयी भएको छ । परवानीपुर युथ क्लब वीरगंज २१ परवानीपुरको आयोजनामा परवानीपुर खेल मैदानमा गत शनिबारदेखि सुरु भएको प्रतियोगितामा हेटौडा फुटबल एकेडमी मकवानपुरलाई गोरखा फुटबल एकेडमी, सर्लाहीले हराएको हो ।

प्रतियोगिता अन्तर्गत आज भएको खेलमा हेटौडा फुटबल एकेडमी मकवानपुरलाई ०–१ गोल अन्तरले पराजित गर्दै गोरखा फुटबल एकेडमी, सर्लाही विजयी भएको आयोजक क्लबका सचिव ध्रुप मण्डलले जानकारी दिए । खेलको म्यान अफ दि म्याच गोरखा फुटबल एकेडमी, सर्लाहीका जर्सी नम्बर १० का खेलाडी समिर लामाले पाएका थिए ।

उनलाई नेकपा एमाले वीरगंज महानगर कमिटिका अध्यक्ष राजेन्द्र यादवले नगद ५ हजार र ट्रफि प्रदान गरेका थिए । ९० मिनेटको निर्धारित समयको पहिलो हाफ सम्ममा दुवै टिमले विना गोलको बराबरी खेलेका थिए । त्यसपछि दोस्रो हाफको मध्यान्तरमा गोरखा फुटबल एकेडमी, सर्लाहीका जर्सी नम्बर १० का खेलाडीले समिरले गोल गर्दै अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा जवाफी प्रदर्शन गर्दापनि हेटौडा फुटबल एकेडमी महवानपुरका खेलाडीले गोल गर्न सकेनन् । त्यसपछि खेललाई गोरखा फुटबल एकेडमी, सर्लाहीले आफ्नो पक्षमा पार्न सफल भएको थियो । प्रतियोगितामा मधेश प्रदेशका ६ वटा र बागमती प्रदेशका दुई वटा गरी ८ टिमको सहभागी छन् ।

भोलीको खेल जनकपुर स्पोर्ट क्लब जनकपुर र केबिए ग्लोबल बिएफसी चितवन बिच हुनेछ । प्रतियोगिता चैत ४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई ७५ हजार नगद शिल्ड तथा मेडल प्रदान गरिने आयोजक परवानीपुर युथ क्लबले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...