Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

दोस्रो परवानीपुर गोल्डकप : वीरगंज युनाईटेड क्लब विजयी

spot_img
spot_img

वीरगंज । कृष्ण फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप २०७९ को दोस्रो खेलमा वीरगंज युनाईटेड क्लब, वीरगंज विजयी भएको छ । परवानीपुर युथ क्लब वीरगंज २१ परवानीपुरको आयोजनामा परवानीपुर खेल मैदानमा आईतबारदेखि सुरु भएको प्रतियोगितामा नवजन जागृति युवा क्लब सिमरालाई वीरगंज युनाईटेड क्लब, वीरगंजले हराएको हो ।

प्रतियोगिता अन्तर्गत आज भएको खेलमा ट्राइब्रेकरमा नवजन जागृति युवा क्लब सिमरालाइ १–३ गोल अन्तरले पराजित गर्दै वीरगंज युनाईटेड क्लब ,वीरगंज विजयी भएको खेलकुद आयोजक क्लबका कोषाध्यक्ष कृष्णा प्रसाद यादवले जानकारी दिए । खेलको म्यान अफ दि म्याच वीरग‌ंज युनाईटेड क्लब ,वीरगंज जर्सी नम्बर १ का गोलकिपर दिलमणी चौधरीले पाएका थिए । उनलाई जसपाका नता संजय मण्डलले नगद ५ हजार र ट्रफि प्रदान गरेका थिए ।

९० मिनेटको निर्धारित समयमा दुवै टिमले एक एक गोलको बराबरी खेलेपछि खेल ट्राइब्रेकरमा धकेलिएको छ । त्यसअघि पहिलो हाफको मध्यान्तरमा नवजन जागृति युवा क्लब सिमराका जर्सी नम्बर १५ का विदेशी खेलाडी टिम्बाले गोल गर्दै अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा जवाफी प्रदर्शन गर्दै वीरगन्ज युनाईटेड क्लब ,वीरगन्जका जर्सी नम्बर २४ का खेलाडी निरज थापा मगरले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । प्रतियोगितामा मधेश प्रदेशका ६ वटा र बागमती प्रदेशका दुई वटा गरी ८ टिमको सहभागी छन् । प्रतियोगिता चैत ४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई ७५ हजार नगद शिल्ड तथा मेडल प्रदान गरिने आयोजक परवानीपुर युथ क्लबले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...