Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

दोश्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीता फागुन २७ देखि

spot_img
spot_img

वीरगंज । दोश्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीता फागुन २७ बाट संचालन हुने भएको छ । परवानीपुर युथ क्लबको आयोजनमा दोश्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीता संचालन हुने भएको हो ।

शनिबार खेल मैदानमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक क्लबले त्रिभुवण लोकमार्गमा वीरगंज महानगरपालिका २१ परवानीपुरको खेल मैदानमा फागुन २७ शनिबार अपरान्ह ३ बजेबाट खेल प्रतियोगीता सुरु हुने आयोजक क्लबका अध्यक्ष अलिअख्तर आलमले जानकारी दिए ।

उनका अनुसार विगत लामो समयपछि रोकिएको फुटबल प्रतियोगीता गत बर्षदेखि परवानीपुरमा सुरु गरिएकाले यस पटकका लागी निशुल्क रुपमा दर्शकका लागी खेल हेर्न सकिने व्यवस्था गरीएको छ । फुटबल प्रतियोगीतामा १५ लाखको लगानी हुन लागेकाले विभिन्न ठाँउबाट सहयोग वापत रकम व्यवस्था गरीएको अध्यक्ष आलमले बताए ।

दोश्रो फुटबल प्रतियोगीताको मुख्य प्रायोजकको रुपमा कृष्णा फाउन्डेशन, काठमाडौं रहेको छ भने सह प्रायोजक भिआइटी युनिभर्सिटी भेलौर ,जैन युनिभर्सिटी बैंग्लोर, एसआरएम युनिभर्सिटी, सिम्बोसिस युनिभर्सिटी, बिगनान युनिभर्सिटी, एसआरएम आन्द्रा प्रदेश लगायतको रहेको उनले बताए ।

यस्तै वीरगन्ज महानगरपालिका र परवानीपुर गाँउपालिकाले खेल प्रतियोगीतामा बिशेष सहयोग गरेका छन । आठ वटा टिम सहभागी हुने एक साता सम्म चल्ने फुटबल प्रतियोगीतामा ८ वटा फुटबल टिमले भाग लिने आयोजकले जनाएको छ ।

मधेश प्रदेशका विभिन्न जिल्लाका ६ वटा र बागमति प्रदेशका दुई वटा गरी ८ वटा टिमले भागले लिने छन् । प्रतियोगीतामा आयोजक परवानीपुर युथ क्लब, नवजनजागृति युवा क्लब सिमरा, वीरगंज युनाईटेड क्लब वीरगंज, जनकपुर स्पोर्ट क्लब धनुषा, बेल्खाडी युवा क्लब महोतरी, हेटौडा फुटबल एकेडमी हेटौडा, बिएफसी क्लब भरतपुर नारायणगढ सहितका टिम सहभागी हुने अध्यक्ष आलमले बताए ।

प्रतियोगीतामा विजेता हुने टिमले एक लाख ५० हजार नगद, शिल्ड र प्रमाणपत्र पाउने छन भने उपविजेताले नगद ७५ हजार सहित शिल्ड र प्रमाणपत्र पाउने छन । प्रत्येक दिन खेलमा म्यान अफ दी म्याच हुने खेलाडीले नगद ५ हजार, मेडल र प्रमाणपत्र पाउने छन । भने उत्कृष्ट गोलकिपर, डिफेन्डर,स्ट्राईकर,मिडफिल्डर र कोचलाई जनहि ५/५ हजार प्रदान गरीने आयोजकले जनाएको छ ।

यस्तै प्रतियोगीता भरीमा उत्कृष्ट ( म्यान अफ द सिरिज ) हुने खेलाडीले १० हजार पाउने छन ।

पत्रकार सम्मेलनमा आयोजक क्लबका बरिष्ठ उपाध्यक्ष अनिल श्रीवास्तव, उपाध्यक्ष रवि राम, महासचिव दिपक यादव, सचिव धुप मन्डल, कोषाध्यक्ष सुरेश यादव, सदस्यहरु सफिक आलम, रेहान आलम(काले), सुनिल मंडल, ईमरान आलम लगायतको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...