Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

साउथ जोन उचाल्यो पहिलो वीरगंज मेयर कप फुटबलको उपाधि

spot_img
spot_img

वीरगंज । साउथ जोन माध्यमिक विद्यालयले वीरगंज पहिलो मेयर केशरमान मानन्धरको स्मृतिमा सन्चालित अन्तर विद्यालय नकआउट फुटबल टुर्नामेन्ट २०७९ को उपाधि उचालेको छ ।

शनिबार वीरगंंजस्थित आदर्शनगर रंगशालामा सम्पन्न फाईनल खेलमा मुनलाईट माविलाई टाई बे्रकरमा ४–१ ले पराजित गर्दै साउथ जोनले उपाधि उचालेको हो । पहिलो हाफमा मुनलाईटलाई दबाबमा राख्दै साउथ जोनका रोहनराज श्रेष्ठले एक गोल गरेका थिए ।

तर दोस्रो हाफको शुरुवातदेखि नै साउथ जोनलाई दबाबमा राख्न सफल भएको मुनलाईटले इन्जुरी समयमा एक गोल फर्काएपछि साउथ जोनले अग्रता गुमाएको थियो । दोस्रो हाफमा मुनलाईटले उत्कृत्ट खेल प्रदर्शन गरे पनि टाई ब्रेकरमा साउथ जोनले ४–१ को स्कोर बनाएपछि उसले उप–विजेतामा चित्त बुझाउनु प¥यो ।

फाईनल खेलको म्यान अफ द म्यान साउथ जोनका रोहनराज श्रेष्ठ घोषित भए । यस्तै, प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेका मुनलाईटका रितेश चौधरी बेस्ट डिफेन्डर, साउथ जोनका सावन चौधरी बेस्ट गोलकिप्पर र साउथ जोनका रोशन चौधरीले म्यान अफ द सिरिजको उपाधि पाए ।

यसअघि, भेट्रान्स सिटी क्लब वीरगंजकाे आयोजनामा गत फागुन ७ गतेदेखि शुरु भएको सो प्रतियोगितामा फाईनल खेलको उद्घाटन वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहले गरेका थिए ।

क्लबका कोषाध्यक्ष सुबोध श्रीवास्तावको अध्यक्षतामा भएको सो प्रतियोगिताका समापन समारोहमा वीरगंजबाट फुटबल खेलेर वीरगंजकाे शान र मान राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरमा बढाएकोमा कदर स्वरुप मनोज भट्राईलाई मेयर सिंहले प्रशंसा पत्रले सम्मान गरे । समापन समारोह क्लबका संस्थापक सचिव विनोद परियारको सहजीकरणमा भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...