Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

युवा नेता द्विवेदी र गुप्ता जनमत पार्टीमा प्रबेश, सिके राउतले गरे स्वागत

spot_img
spot_img

वीरगंज । जनमत पार्टी पर्साकाे आयाेजनामा मंगलबार वीरगंजमा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंजस्थित राेयल पार्टी प्यालेसमा भएकाे कार्यक्रममा गत प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचानका आधा दर्जन उम्मेदवारहरु जनमत पार्टीमा प्रबेश गरेका छन् ।

पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउतकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा ठाकुर राम बहुमुखी क्याम्पसका निवर्तमान सभापति मुकेश द्विवेदी, रेडियाे सम्रग मधेशका संचालक श्याम गुप्ता लगायतले पार्टी प्रबेश गरेकाे जनमत पार्टी पर्साका प्रवक्ता सिए अजय चाैरसियाले जानकारी दिए ।

नव प्रबेशीहरुलाई जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउतले पार्टीकाे सदस्यता प्रदान गरी पार्टीमा प्रबेश गराएका थिए ।

जनमत पार्टीमा प्रबेश गरेका द्विवेदी गत प्रतिनिधि सभा तथा प्रदेश सभाकाे निर्वाचनमा पर्सा क्षेत्र नं. २ काे (२) बाट स्वतन्त्र प्रदेश सभा सदस्यमा चुनाव लडेका थिए । त्यस अघि जनता समाजवादी पार्टीमा रहेका उनले साेही क्षेत्रबाट प्रदेश सभा टिकट माग्दा पार्टीले नदिएपछि स्वतन्त्र उम्मेदवार भएका थिए ।

यसैगरी जनमत पार्टीमा प्रबेश गरेका गुप्ता समेत पर्सा क्षेत्र नं. १ काे (२) बाट स्वतन्त्र प्रदेश सभा सदस्यमा चुनाव लडेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा. सिके राउतले मधेसी दलले मधेसका मुद्दाहरुलाई सत्तामा पुग्ने भरयाङ बनाएर भजाएका कारण चुनावमा मधेसी जनताले तीनलाई ठेगान लगाएको बताए । उनले आफनो पार्टी मधेसमा नयाँ शक्तिको रुपमा उदाएको पनि जिकिर गरे ।

राउतले भने ,‘ मधेसी दलले अहिले सम्म मधेसका मुद्दादाई सत्तामा पुग्ने भरयाङ  बनाउदै आएका थिए , त्यहि भएर तीनलाई मधेसी जनताले ठेगान लगाइ दिए , अनि मधेसको वैकल्पिक शक्तिका रुपमा जनमत पार्टीलाई रोजेका हुन् । उनले आगामी दिनमा पार्टीले मधेसका मुद्दाहरुलाई कहिल्यै पनि नछोड्ने र पार्टीलाई अझ सशक्त रुपमा बढाउने पनि बताए ।उनले पर्सा जिल्लामा विगतमा आफनो पार्टीको संगठन कमजोर रहेपनि मंगलबारको पार्टी प्रवेश कार्यक्रमले संगठनलाई नयाँ उचाईमा पुर्याउने दावी पनि गरे ।

जनमत पार्टीका पर्सा इन्चार्ज श्याम शंकर चाैरसियाकाे अध्यक्षतामा भएकाे पार्टी प्रबेश कार्यक्रममा पूर्व जिल्ला इन्चार्ज सुजित चाैरसिया,  पार्टीका महिला विभागकी केन्द्रिय अध्यक्ष अनिता रौनियार, डाक्टर.अजय यादव, सब्बु खातुन लगायतको  उपस्थिती रहेकाे थियाे ।   

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...