Date
सोम, जेष्ठ ११, २०८३
Mon, May 25, 2026

नियम विपरित वीरगंजका हाेटलहरु ‘मेनु’ बाहेककाे अन्य शुल्क लिदै

spot_img
spot_img

वीरगंज । मूल्य अभिवृद्धि कर नियमावली–०५३ काे विपरित सर्वसाधारणले रेस्टुराँमा ‘मेनु प्राइस’ बाहेककाे अन्य शुल्क पनि भुक्तानी गर्नु परेकाे छ । नियमावली अनुसार मेनु बाहेककाे कुनै पनि शुल्क भुक्तानी गर्नुपर्दैन तर वीरगंजका केही होटल–रेस्टुराँमा सर्वसाधारणलाई ‘मेनु प्राइस’ बाहेकको रकम तिर्नु परेकाे छ । 

‘मूल्य भनेको सर्भिससहित सबै लागत जोडेर मेनुमा उल्लेख गर्ने हो । ऐन, कानुन र अदालतका आदेशहरूमा यो विषय प्रस्ट उल्लेख हुँदा पनि उपभोक्ता ठगिइरहेका छन् ।

कानुनमा अतिरिक्त शुल्क लिन नपाउने प्रस्ट लेखिएकाले सर्वसाधारण स्वयं जागरुक भएर वीरगंजका युवाहरु यसका विरुद्धमा अदालतमा मुद्दा समेत गरेका थिए । उपभोक्ताले ठगीमा परेको भन्दै होटल–रेस्टुराँविरुद्ध दायर गरेको मुद्दामा फैसला सुनाउँदै अदालतले मेनुभन्दा बाहेक अतिरिक्त रकम लिन नपाउने आदेश दिएको थियो । अदालतले गरेको फैसलामा मेनुमा अतिरिक्त रकम जोड्ने कार्य उपभोक्ता संरक्षण ऐन, ०७५ र मूल्य अभिवृद्धि कर ऐन, ०५२ विपरीत भएको निष्कर्ष निकालिएको थियो । तर अतिरिक्त असुली प्रक्रिया रोकिएको छैन ।

वीरगंजकाे किंगस लंगेज नाम हाेटलमा मेनुअनुसार ५ सय ३२ रुपैयाँको बिल दिनुपर्नेमा थप १३ प्रतिशत भ्याट जोडेर ६०२ रुपैयाँ असुल गरेको भेटिएको छ । हाेटलकाे मेनुकाे खानाकाे परिकारहरुकाे मुल्य मात्र उल्लेख गरिए पनि पछि बिल लिने बेलमा थप १३ प्रतिशत भ्याट जाेडेर लिने गरेकाे छ । 

यी बिल उदाहरण मात्रै हुन् । यस्ता वीरगंजका धेरैजसो होटल–रेस्टुराँले उपभोक्ताबाट यसैगरी अतिरिक्त शुल्क असुली गरिरहेका छन् । केही हाेटलहरुले मेनुकाे अलावा थप १० प्रतिशत सेवा शुल्क पनि लिने गरेका छन् । तर ऐन नियम बनाउने निकाय र मूल्यसम्बन्धी हस्तक्षेप गर्ने निकाय मौनझैं बसेको छ । 

जानकारका अनुसार पेय पदार्थमा होटलहरूले दोब्बर कर लगाउँछन् । ‘बियरकै उदाहरण दिँदा त्यसको भ्याट जोडेर मूल्य उल्लेख गरिएको हुन्छ । तर होटल व्यवसायीहरूले बिलमा फेरि १३ प्रतिशत जोड्छन्,’ एक व्यवसायीले भने, ‘होटलहरूले भ्याट रि–फन्डका लागि दाबी गर्छन् । एउटै वस्तुमा दुई पटक भ्याट लाग्दैन, सर्वसाधारणबाट असुलेको १३ प्रतिशत भ्याट फिर्ता हुन्छ । तर उक्त रकम होटलले नै लिन्छन् ।’

अन्य खाद्यको हकमा पनि मेनुबाहेक लिन नपाइने ती व्यवसायीको भनाइ छ । मूल्य अभिवृद्धि कर नियमावली–०५३ को नियम १४ ‘ख’ मा पनि अतिरिक्त शुल्क लिन नपाइने प्रस्ट व्यवस्था छ । यति हुँदाहुँदै पनि सर्वसाधारण बढी रकमको पासोमा परेको उनको भनाइ छ । नियमावलीमा दर्ता भएको व्यक्तिले आफ्नो औद्योगिक प्रदर्शनी कक्ष, बिक्री कक्ष, होटल, रेस्टुराँ, बार, कारोबारस्थल वा आपूर्ति गर्ने स्थानमा राखिएको कर लाग्ने वस्तु वा सेवाको बिक्री मूल्य (ट्याग प्राइस, मेनु प्राइस र सेल्फ प्राइस) मा करसहितको मूल्य उल्लेख भनिएको छ ।

‘ग्राहक होटलमा पुगेपछि मेनु हेरेर अडर गर्छन् । आफुसंग भएकाे पैसा अनुसार अडर गरेर खान्छन् । तर पछि बिल थपेर मेनु भन्दा बढी मुल्यकाे आउँदा समस्या हुने गरेकाे उपभाेक्ता बताउँछन् ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेरी अस्पतालमा औषधि अभावदेखि अनियमिततासम्मका आरोप, निष्पक्ष छानबिनको माग

नेपालगंज । पश्चिम नेपालको प्रमुख सरकारी स्वास्थ्य संस्था भेरी अस्पताल यतिबेला औषधि अभाव, आर्थिक अनियमितता, स्टोर आगलागी तथा प्रशासनिक सेटिङका आरोपका कारण विवादमा तानिएको...

लिटिल बडी प्रि–स्कुलमा निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिका–८ पानीटंकीस्थित लिटिल बडी प्रि–स्कुलमा आइतबार निःशुल्क दन्त स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । स्माइल डेन्टल केयर एण्ड पोलिक्लिनिकको सहकार्यमा...

मधेश प्रदेशमा कार्यसम्पादनमा उत्कृष्ट बन्दै जिप्रका पर्सा सम्मानित

वीरगंज । आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेशका जिल्ला प्रहरी कार्यालयहरूमध्ये जिल्ला प्रहरी कार्यालय पर्सा उत्कृष्ट घोषित भएको छ । उत्कृष्ट कार्यसम्पादन...