Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

मन्त्रालयको भागबण्डा नमिल्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ

spot_img
spot_img

काठमाडौँ । सत्तारुढ दलबीच मन्त्रालयको भागबण्डा नमिल्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्यमा जुटेका सत्ता साझेदार दलबीच अहिलेसम्म कुन पार्टीले कुन मन्त्रालय पाउने भन्नेमै स्पस्ट सहमति हुन सकेको छैन । केन्द्रसँगै प्रदेशका समते मन्त्रालयको भागवण्डा लगाउनेगरी प्याकेजसमै सहमति जुटाउने प्रयास भएपनि दलहरुबीच ठोस सहमति हुन बाँकी छ । 

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिएको ३ दिन वित्न लाग्दा समेत दलहरुबीच ठोस सहमति नजुट्दा मन्त्रिपरिषदलाई शुक्रबार पूर्णता दिने भनिए पनि असम्भव भएको हो । बिहीबारै बस्ने भनिएको सत्तारुढ दलको बैठक शुक्रबार बिहान बस्ने तय भएपनि अन्तिम अवस्थामा आएर साँझसम्मलाई भाखा सारिएको छ ।  शुक्रबार बिहान ११ बजे बस्ने भनिएको बैठक साँझसम्मका लागि स्थगित भएको एमाले अध्यक्ष केपी ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए । उनले साँझ बैठक बस्ने भनिएपनि स्थान तय भैनसकेको बताए ।

‘साँझ बस्ने भनिएको छ । स्थान तय भैसकेको छैन । सायद बालुवाटार नै हुनसक्छ होला’,संयोजक बजगाईंको भनाइ छ ।  बुधबार र बिहीबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मन्त्रालय भागबण्डा, सभामुख र राष्ट्रपति लगायतका विषयमा छलफल भएपनि ठोस सहमति जुट्न सकेको थिएन । यता, प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेसले विश्वासको मत दिएपछि एमाले सशंकित बन्न पुगेको अवस्था छ । उसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुमा राजनीतिक स्थायित्व भन्दा पनि पनि दाउपेच र सत्ता गठबन्धन भत्काउने उदेश्य हुनसक्ने एमाले नेताहरुको बुझाई छ ।

कसलाई कति मन्त्रालय ? 
एमाले माओवादी र रास्वपासहित सत्ता गठबन्धनमा सात राजनीतिक दल रहेका छन् । दलहरुबीच सरकारमा रहेकामध्ये सवै भन्दा ठुलो दल नेकपा एमालेलाई ९,माओवादी ५, रास्वपा ४, राप्रपा ३, जसपा २ र नागरिक उन्मुक्ति पार्टीले २ मन्त्रालय लिनेगरी मोटो सहमति भएको नेताहरुको भनाइ छ । यो सहमति अनुसार एमालेले उप्रधान तथा गृहमन्त्रालयको जिम्मेवारीसहित विष्णु पौडेल, माओवादीले उपप्रधानसहिच भौतिक मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी नारायणकाजी श्रेष्ठ, रास्वपाले उपप्रधानसहित गृहमा रवि लामिछाने पठाइसकेको छ । यस्तै एमालेका ३ र जनतमतका १ गरी चार मन्त्री विनाविभागीयको रुपमा सपथ खाइसकेका छन् । सभार : राताेपाटी

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...