Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

कट्टी मठकाे जग्गामा विश्व विद्यालय बनाउन छलफल

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिका वडा नं. २ सुर्जाहा कट्टीमा पर्ने राधाकृष्ण मठकाे जग्गामा मधेश विश्व विद्यालय बनाउन पहल सुरु भएकाे छ । साे जग्गामा विश्व विद्यालय बनाउनका लागि बिहिबार पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहता र मधेश विश्व विद्यालयका उपकुलपति डा. दिपक शाक्य बिच छलफल समेत भएकाे छ । 

छलफलकाे क्रममा विश्व विद्यालयका उपकुलपति डा. शाक्यले राधाकृष्ण मठकाे जग्गाकाे स्थलगत अवलाेकन तथा निरिक्षण गरेर निर्णय लिने वताउनु भएकाे गाउँपालिका अध्यक्ष मेहताले जानकारी दिए । उनका अनुसार उपकुलपति डा. शाक्य गाउँतिर नै विश्व विद्यालयकाे शाखा खाेल्न सकरात्मक रहेका छन् ।

विश्व विद्यालयकाे लागि जग्गा खाेजि भइरहेकाे अवस्थामा सुर्जाहा कट्टी मठको जग्गा उपयुक्त रहेको गाउँपालिका अध्यक्ष मेहताकाे भनाई छ । यस अघि त्यहाँका युवाहरु भेला भएर मठकाे जग्गामा नै विश्व विद्यालय बनाउन माग समेत गरेका थिए । 

त्यसैगरी पर्सा जिल्लाकाे विकासकाे लागि जिल्लाकाे बिचमा पर्ने सुर्जाहास्थित कट्टी मठ कै जग्गामा विश्व विद्यालय बनाउनु पर्ने सामाजिक संजालमा मार्फत पनि माग भएकाे थियाे । गुठ्ठी संस्थान अन्तर्गतकाे कट्टी मठकाे जग्गा विश्व विद्यालयकाे लागि प्रयाप्त रहेकाेले दबाव बढेकाे हाे ।  

छलफलकाे क्रममा पनि उपकुलपति डा. शाक्यले जिल्लाकाे सदरमुकाम भन्दा केही टाढा नै विश्व विद्यालय बनाउँदा उपयुक्त हुने वताए । उनले आफुले पनि सदरमुकाम वीरगंजमा मुख्य कार्यालय रहने गरी त्यस भन्दा २० किलाे मिटर टाँढा नै शाखाहरु बनाउन साेच बनाएकाे वताए ।

डा. शाक्यले विश्व विद्यालयका भाैतिक संरचनाहरु बनाउनका लागी पर्सावासीले सहयोग गरे निमार्ण कार्यकाे लागि आर्थिक कारण काम नरुक्ने पनि बताए । पर्साकाे विकास जिल्लाबासीकाे साझा सवाल भएकोले पर्साका हरेक ब्यक्तिहरुकाे सहयोग, समन्वय र सहकार्यको जरुरी रहेको बताए ।

वीरगंजकाे पानीटंकीस्थित डा. शाक्यकाे निवासमा भएकाे छलफलमा गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, स्थानिय समाजसेवी अनिल साहकाे पनि उपस्थिती रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...