Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026

श्रीनिधि वचत तथा ऋण सहकारीकाे ११ औं साधारण सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । श्रीनिधि वचत तथा ऋण सहकारी संस्था लि. वीरगंजकाे ११ औं वार्षिक साधारण सभा बिहिवार सम्पन्न भएकाे छ । वीरगंजस्थित होटल भिस्वामा भएकाे साधारण सभाको उद्घाटन राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बि. उप्रेतिले गरेका थिए ।

साधारण सभाकाे उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै अध्यक्ष उप्रेतीले वित्तिय तरलता र विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै सहकारीले देशलाई ठूलै आर्थिक सहयोग गरिरहेको वताए । उनले बैंक तथा वित्तिय संस्थाहरुको व्याजदर धेरै नै बढेको र त्यसमा पछि पहुँच भएका व्यक्तिहरुलाई मात्रै ऋण पाउने गरेको अवस्थामा सहकारी संस्थाले सर्वसाधारणलाई फाइदा पुगेकाे वताए ।

साधारण सभाका प्रमुख अतिथि समेत रहेका अध्यक्ष उप्रेतिले सहकारीबाट सरल र सहज रुपमा सर्वसाधारण ऋण पाउने गरेको फाइदा पुगेकाे वताए ।

कार्यक्रममा संस्थाका कार्यकारी अधिकृत चन्देशवर प्रसाद चौरसियाले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आ.व. २०७८/०७९ काे अन्त्य सम्म ९५ करोड २३ लाख ९३ हजार ८ सय १ रुपैया कुल काराेबार गरेकाे वताए । उनले संस्थाको शेयर पूंजी आ.व‍. को अन्त्यमा ४ करोड ४ लाख ४९ हजार एक सय र संस्थाकाे बचत (निक्षेप) संकलन आ.व. २०७८/०७९ को अन्त्य सम्ममा बचत रकम रु. ७९ करोड ८१ लाख ७४ हजार ४ सय ३७ रुपैया पुगेकाे वताए ।

यसैगरी आ.व. २०७८/०७९ को अन्त्य सम्ममा बृद्धि भई जागेडा तथा विभिन्न कोषहरु ४ कराेड एक लाख १२ हजार ३ सय ५१ रुपैया पुर्‍याउन संस्था सफल भएकाे अधिकृत चाैरसियाले जानकारी दिए । संस्थाकाे कर्जा तथा सापटि आ.व. २०७८/०७९ को अन्त्यमा रु. ६९ करोड १० लाख ५५ हजार ९ सय ७५ रुपैया कर्जा लगानीमा कायम रहेकाे जानकारी गराए ।

यसैगरी संस्थाकाे स्थिर सम्पतीको रुपमा संस्थाले आदर्शनगर स्थित भाजुरत्न चौक निर १५.५ धुर जग्गा संस्थाको नाममा खरिद गरेको र संस्थाको सम्पूर्ण कारोबार पछिको खुद नाफा २ करोड ७८ लाख ३२ हजार १ सय २४ रुपैया हुन गएको जनाइएकाे छ । 

प्रविधि तर्फ संस्थाले मिति २०७५ साल पौष १४ गते देखि प्रविधिमा आधारित मोबाइल बैंकिङ्ग संचालनमा ल्याएको छ । श्रीनिधि मोबाइल एप मार्फत हुँदै आएको कारोबारलाई थप विस्तार एवम सुविधा सहित mobile banking sms banking collector app bulk sms, लगायत डिजिटल भुक्तानी गर्ने QR CODE संचालनमा आइसकेको संस्थाले जनाएकाे छ ।

संस्थाका अध्यक्ष प्रेम चुडामणी बज्रचार्यकाे अध्यक्षतामा भएकाे कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सहकारी महाशाखा प्रमुख ओम नारायण झा, नेपाल सरकार स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख एवम् सहकारी संस्थाका बरिष्ठ सल्लाहकार डा. सुरेन्द्र प्रसाद चौरसिया, बचत तथा ऋण सहकारी संघ पर्साको अध्यक्ष राजेश पंडित, नेपाल रेडक्रस सोसाइटी पर्साको सभापति विरेन्द्र कडेल, सहकारी विकाश बोर्डका पूर्व संचालक सदस्य शम्भु गुप्ता, को-अपरेटिभ म्यानेजर्स कल्ब पर्साको संस्थापक अध्यक्ष र बचत तथा ऋण सहकारी संघ पसांका महासचिव जिस्णु बराल लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सुनसरी गोलीकाण्डको विरोधमा वीरगंजमा प्रदर्शन, घण्टाघरमा टायर बालेर नाराबाजी

वीरगंज । सुनसरीको कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक हिन्दु युवकको मृत्यु भएको घटनाको विरोधमा सोमबार साँझ वीरगंजमा हिन्दु संगठन तथा सर्वसाधारणले विरोध प्रदर्शन गरेका...

‘आत्महत्या होइन, हत्या हो’ भन्दै लक्ष्मी सिलवाल प्रकरणमा न्यायको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा गत शुक्रबार मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको मृत्यु शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिन...

पर्सागढी–६ को सेवा सुचारु गर्न नगरपालिकालाई ७ दिने अल्टिमेटम

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ६ का सर्वपक्षीय प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय नागरिकहरूले वडा कार्यालयबाट करिब तीन महिनादेखि नियमित सेवा प्रवाह...