Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

मानव बेचबिखनकाे अभियोगमा रानिपाेखरी हाेटलका मेनेजरसहित ३ जना पक्राउ

spot_img
spot_img
वीरगंज । पर्सा प्रहरीले मानव बेचबिखन तथा ओसार पसार अभियोगमा ३ जनालाई पक्राउ गरेकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. १५ स्थित रानीपोखरी होटलमा मानव वेच विखन तथा ओसार पसार जन्य कार्य भैरहेको छ भने सूचनाको आधारमा आइतबार राति १०:०० बजेको समयमा पुगेकाे प्रहरीले हाेटलका मेनेजरसहित ३ जनालाई पक्राउ गरेकाे हाे । 
 
प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं.८ घर भई रानीपोखरी होटलमा मेनेजरको काम गर्ने ५४ बर्षिय अनिल कुमार अरोडा, जिल्ला महोत्तरी गौशाला नगरपालिका वडा नं.११ घर भई रानीपोखरी होटलमा वेटरको काम गर्ने ३७ बर्षिय रमेश कुमार श्रेष्ठ र जिल्ला लम्जुङ राईनास नगरपालिकाकाे वडा नं.४ बस्ने ३२ बर्षिय डोलनाथ कट्टेललाई पक्राउ गरेकाे हाे ।
 
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार हाेटलमा कानून बमोजिम चेकजाँच गर्दा होटलको १०८ नं. कोठामा बारा घर बताउने २५ वर्षको महिला र पक्राउ परेका डोलनाथ कट्टेल आपतिजनक अवस्थामा फेला परेका थिए ।
 
उक्त महिलालाई प्रारम्भिक सोधपुछ गर्दा हाेटलका मेनेजर अराेडा र वेटर श्रेष्ठले आफ्नो कारागारमा जेल जीवन विताइरहेको श्रीमानलाई छुटाई दिने र एक रातकै नगद रू.४ चार हजार दिलाई दिने भन्ने झुठ्ठा आस्वासन प्रलोभन समेत देखाई आफ्नो मन्जुरी नहुदा नहुदै मलाई वेश्यावृती गर्न वाध्य पारेकाे वताएकी छन् ।
 
 उनकाे मंजुरी विना उक्त कार्य मानव वेचविखन तथा ओसार पसार सम्बन्धिको कसूर देखिएको हुँदा उल्लेखित कार्यमा संलग्न तीनै जनालाई कानून बमोजिम नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतबाट ५ दिन को म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका पवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...