Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पर्सागढीमा दुई महिने सिलाई कटाई तालिम सुरु

spot_img
spot_img

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिकामा दुई महिने सिलाई कटाई तालिम सुरु भएकाे छ । पर्सागढी नगरपालिकाको सहयोग र परिवर्तन अभियान नेपाल, पर्साकाे आयाेजनामा मेडपा परियोजना अन्तर्गत तालिम संचालन गरिएकाे आयाेजकले जनाएकाे छ ।

एक कार्यक्रमका बिच आइतबार तालिमकाे उद्घाटन पर्सागढी नगरपालिका वडा नं. २ का वडाध्यक्ष विरेन्द्र प्रसाद महताेले गरेका थिए ।

तालिम उद्घाटन गर्दै प्रमुख अतिथी वडाध्यक्ष महताेले तालिमबाट महिलाहरुलाई राेजगार सृजना हुने र आत्मनिर्भर हुने वताए । उनले महिलाहरूको आयश्रोत बढ्नुकाे साथै महिलाको समाज र परिवारमा भूमिका बढने वताए ।

परिवर्तन अभियान नेपाल पर्साका अध्यक्ष मनोज कुमार यादवकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा वडा सदस्य लक्ष्मी विक, राधिका दास चौधरी, अजय पंजियार, गाउँपालिकाका आइटी अफिसर केशव प्रसाई लगायतकाले मन्तव्य राखेका थिए ।

महिलाहरुकाे सहभागिता रहेकाे तालिममा प्रशिक्षक कविता चौधरीले प्रशिक्षण दिइरहेकाे आयाेजक संस्थाका अध्यक्ष मनाेज यादवले जानकारी दिए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...