Date
बुध, असार ३, २०८३
Wed, June 17, 2026

१०५ अभिभावक उपस्थित भेलामा ८१ जना अध्यक्षका उम्मेदवार

spot_img
spot_img

वीरगंज । श्रीराम चारित्रभगत माध्यमिक विद्यालय पकहा मैनपुरको विद्यालय ब्यवस्थापन समिती गठनका लागी भएको अभिभावक भेला सहम्मती नजुटदा अनिश्चितकालका लागी स्थगित भएको छ । अभिभावक भेलामा सहम्मती जुटन नसकेर स्थगित गरिएको विद्यालयका प्रधानाध्यापक छोटेलाल साहले जानकारी दिए ।

विद्यालय प्राङ्गणमा भएकाे भेलामा १ सय ५ जना अभिभावक मध्ये ८१ जनाले बिद्यालय ब्यवस्थापन समितीका अध्यक्षका लागी उम्मेदवारी दिएपछि सहमती जुटन नसकेकाे प्रधानाध्यापक साहले वताए ।

पकहा मैनपुर गाउँपालिका अन्तर्गत रहेका १ देखी ५ वडाका ८१ जनाले उम्मेदवारी घोषणा गरेका थिए । घोषणा गरेका परत्येक वडाका उम्मेदवारहरुलाई वडा स्तरमा पहिला सहम्मती जुटाउन समय दिइएको थियो । वडा स्तरिय उम्मेदवारहरुमा नै सहम्मती नजुटेका कारण स्थगित गरिएको थियाे ।

वडा नम्बर १ बाट सतिस मेहता, सिन्धु मेहता, लालबाबु सहनी, कौशलकिशोर साह, राजकुमार सहनी, वडा नम्बर २ बाट हरिचन्दर पटेल, उमेश कुमार महतो, लक्ष्णदेव साह, वडानम्बर ३ बाट रामनाथ परसाद साह, खुबलाल राउत कुर्मी, रमछत्री चौहान, अनिरुद चौहान, सुकदेव महतो चाई, दिनेश साह कानु, वडानम्बर ४ बाट अनिल परसाद तेली, अयोध्या चौहान, राजेश कुमार कुर्मी, गोबिन्द यादव, मकसुल अन्सारी, बृजकिशोर यादव लगायत ८१ जनाले उम्मेदवारी दिइएका थिए ।

१६ सय तीन बिधार्थी संख्या रहेको विद्यालयमा ब्यवस्थापन समिती गठनका लागी १ सय ५ मात्रै अभिभावकको उपस्थिती रहेको थियो ।  ९ बर्ष अगाडी देखी विद्यालय ब्यवस्थापन समिती बिहिन रहेको विद्यालयमा आवश्यक धेरै कुरा गर्न नसकिएको शिक्षकहरु बताएका छन ।

सहम्मती नभए कुनै न कुनै माध्यमबाट विद्यालय ब्यवस्थापन समिती गठन हुनु पर्ने अभिभावकहरुको मांग रहेको छ । ग्रामिण भेगको सबै भन्दा पुरानो विद्यालयमा शिक्षाको स्तर गुणस्तरिय बनाउन बिद्यालय ब्यवस्थापन समिती आवश्यक रहेको बुद्धीजीवीहरुले बताएका छन ।

प्रधानाध्यापक साहकाे अध्यक्षतामा भएकाे भेलामा पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहता, उपाध्यक्षका प्रतिनिधि नसुरुल्लाह मियाँ, वडानम्बर १ का वडाध्यक्ष बिनोद मेहता, २ का वडाध्यक्ष मुकुट चौहान, ३ का वडाध्क्ष संजय चौहान, ४ का वडाध्यक्ष ढेडी यादव, ५ का वडाध्यक्ष बलिराम चौरसिया सहित अभिभावक, बुद्धिजीवीहरु, शिक्षाप्रेमी, समाजसेवी, चान्दा दाता तथा शिक्षकहरुको सहभागीता रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह–२०८३’ सुरु, सडक सुरक्षाबारे सचेतना फैलाइँदै

वीरगंज । सडक अनुशासनको पालना गराउने तथा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पर्सामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम–२०८३’ बुधबारदेखि सुरु भएको छ । मधेश...

जगरनाथपुर–५ मा रामजानकी मन्दिरकाे पूर्व मन्त्री रमेश रिजालद्वारा शिलान्यास

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ५ स्थित झाखरा चौकमा रामजानकी मन्दिर निर्माण कार्यको बुधबार शिलान्यास गरिएको छ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका...

बारा–रौतहटका औषधि पसलमा विभागको छापा, ४ फार्मेसी सिल र ३ बन्द

वीरगंज । बारा र रौतहटका विभिन्न स्थानमा विना इजाजत तथा विना फर्मासिस्ट औषधि पसल सञ्चालन भइरहेको उजुरीपछि औषधि व्यवस्था विभागको टोलीले अनुगमन तीव्र बनाएको...