Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

आफ्नै साथीलाई अपहरण गर्ने ४ वालक पक्राउ

spot_img
spot_img

वीरगंज । वीरगंजमा आफ्नै साथीलाई अपहरण गरी शरीर बन्धक बनाउने अभियोगमा कक्षा १० मा अध्ययनरत ४ विधार्थीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगंजको एक सामूदायीक विद्यालय कक्षा १० मा अध्ययनरत नाम नखुलेको बालकलाई शनिबार बिहान आफ्नै घर आँगनबाट सोही कक्षामा अध्ययन गर्ने चार जना विधार्थीले अपहरण गरी शरीर बन्धक बनाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगंज महानगरपानलिका वडा नम्बर १६ निवासी १६ वर्षीय बालक हराएको भन्दै परिवारजनले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजतलास गर्ने क्रममा बालकको मुखमा कपडा कोचेर कालो तारले दुवै हातखुट्टा बाँधेको अवस्थामा घरआगनबाट करिब ३ सय मिटर टाढा सुनसान चौरमा फेला परेको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

प्रहरीले घटनास्थलबाट रूमाल, केवलको कालो तारका टुक्राहरू, पञ्जा, गलबन्दी र कम्बल बरामद गरेका थिए ।

घटनाको अनुसन्धान गर्ने क्रममा उक्त बालक मेहेनती रहेको र कक्षामा सधै प्रथम आउने भएको हुँदा रिस र डाहको कारण केही बिद्यार्थीले आफ्नै साथीको अपहरण गर्न पुगेको प्रहरी प्रवक्ता गिरीले बताए । घटनामा संलग्न ४ जना विरुद्ध पर्सा जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसूरमा ६ दिनको म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...