Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

गुणस्तरहीन घ्यु सहित श्री गणपती उद्योगका संचालक पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले गुणस्तरहीन घ्यु सहित एक जनालाई पक्राउ गरेको छ । विशेष सुचनाको आधामा जिल्ला प्रहरी कार्यालय पर्सा र मातहत कार्यालय समेतबाट खटेको प्रहरी टोलीले सर्लाहीको विष्णु गा.पा.वडा नं.८ बत्रौलका ४४ वर्षिय राजेश कुमार रायलाई पक्राउ गरेको हो ।

रायले वीरगंज महानगरपालिकाकाे वडा नं. १६ स्थित आफ्नै घरमा संचालन गरेको श्री गणपती रिपैकिङ उद्योग, गणपती पूजा समाग्री रिपैकिङबाट मिसावट गरी तयार पारिएको घ्युहरु बरामद गरिएको जिल्ल्ल प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरी टोलीले गुणस्तरहीन घ्यु सहित रायलाई नियन्त्रणमा लिइ नापतौल तथा गुणस्तर कार्यालय वीरगंज र जिल्ला प्रशासन कार्यालय पर्सासंग समन्वय गरी थप अनुसन्धान कार्य गरिरहेको जनाइएको छ ।

प्रहरीले रायको घरबाट २० किलो तौलमा प्याकिङ गरिएका डाल्डा घ्यू २ हजार २ सय ६० लिटर र बिभिन्न तौलमा प्याकिङ गरिएको मिसावट घ्यू ६ सय १३ लिटर बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरि नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...