Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

औषधी लाेड रहेकाे ट्रकमा अबैध मदिराकाे तस्करी भइरहेकाे फेला

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले अवैध घरेलु मदिरा लाेड रहेकाे ट्रक र चालक नियन्त्रणमा लिएकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरी टाेलीले वीरगंज महानगरपालिका वडा नं.२ श्रीराम पछाडी खाली चौरबाट चालकसहित ना ६ ख ७२६ नम्बरको मालवाहक ट्रकमा नियन्त्रणमा लिएकाे हाे ।

 प्रहरीले विहिबार विहान ०७:४५ बजेको समयमा नियन्त्रणमा लिएकाे उक्त मालवाहक ट्रकमा अवैध घरेलु मदिरा ३९ पोकामा प्रति पोका १० लिटरका दरले जम्मा ३९० लिटर लोड रहेको रहेकाे अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।  सो कन्टेनर ट्रकमा अन्य त्रिभुवन विमानस्थल काठमाण्डौबाट पैठारी प्रज्ञापनपत्र अनुसार रु एक करोड १४ लाख ४९ हजार ७ सय २५ बराबरको विभिन्न औषधीहरू समेत लोड रहेको प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्ने ट्रक चालक वीरगंज महानगरपालिकाकाे वडा नं. ३० प्रसौतीपुर बस्ने वर्ष २८ को सदाम हुसेन रहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

ट्रक र सो मा लोड रहेको अं.३९० लिटर घरेलु मदिरा तथा बिभिन्न किसिमका औषधीहरू नियन्त्रणमा लिई सो ट्रकमा लोड रहेको मदिरा, औषधी र गाडी अं.मू.रू.२० लाख मुल्यांकन गरी जम्मा रू एक करोड ३४ लाख ४९ हजार ७ सय २५ बराबरको ट्रक र सो भित्र लोड रहेको औषधी तथा घरेलु मदिरा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बुधबार नै आन्तरिक राजश्व अनुसन्धान कार्यालय वीरगंज पर्सामा पठाइएको प्रवक्ता गिरीले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...