Date
आइत, साउन २४, २०८३
Sun, August 9, 2026

उखु उत्पादनमा यस बर्ष कमि, उत्पादन भएकाे उखु पनि समय मै बिक्री भएन

spot_img
spot_img

आनन्द पटेल /
परवानीपुर । नगदे बालीको रुपमा चिनिएको ‘उखु’ खेतीको उत्पादनमा यसपाली कमी आएको छ । बारा,पर्सा, रौतहत लगायतका मधेश प्रदेशमा किशानहरुले धेरै मात्रामा उखु खेती गरे पनि उखुमा किरा लागेको कारण उत्पादनमा कमी आएको उखु किशान साम महमद अंसारीले बताए ।

उनको अनुसार यसपाली खेतमै किरा लागेको कारण आफुहरुको वर्षौ देखीको मिहिनेत खेर गएको र बचेको उखु बारा जील्ला स्थित रिलायन्स सुगर मिल्समा लगेर बच्ने तयारी गरेको बताए । गत वर्षको तुल्नामा यसपाली उखु उत्पादनमा कमी आएको र उखु काटी सकेपछी आफुहरु मिलमा १० दिनदेखी उखु बेच्नका लागि आफनो पालो कुरेर बसेको अर्का किसान विश्वनाथ पटेलले बताए ।

किराले बालीमा ठुलो नोक्सानी गरेको र यसपाली आफुहरुको लगानी समेत डुब्ने अवस्था रहेकोले सरकार र मिलसंग क्षती पूत्तीको लागी बारमबार आवाज उठाए पनि त्यसको कुनै सुनुवाई नभएको किसान पटेलले बताए । बारा र पर्सामा गरी रिलायन्स मिल एकमात्र मिल रहेको कारण आफुहरु यस मिलमा वर्षौदेखी उखु बेच्दै आएको किसानहरुले बताएका छन । तर मुख्य कुरा के छ भने उखु मिलले लिए पनि नेपाल सरकारद्वारा मूल्य र्निधारण नहुँदा मिलले उखु कतिमा लिएको हो भन्ने यसको यकिन हुन नसकेको किसानहरु बताउँछन ।

गत वर्ष प्रति क्विन्टल ५९० रुपैयामा उखु बिक्री गरे पनि यसपाली सवारी भाडा र कामदारहरुको मुल्यमा वृद्धी भएकोले आफुहरुको उखु पनि गत वर्षको तुल्नामा यसपाली बढी मूल्यमा बिक्री हुनु पर्ने किसानहरुको माग रहेको छ । किसानहरु उखु बेच्नका लागि २ हप्तादेखी उखु मिलमा ल्याए पनि समयमै उखु नलिदां आफुहरु झन मर्कामा परेको दुःखेसो पोखेका छन ।

भाडामा ल्याईएका टयाक्टर पनि १० दिनदेखी लाइनमा बस्दा त्यसको भाडा पनि बढदै गएको र आफुहरु झन मर्कामा परेको किसानहरुको भनाई छ । २ हप्ता देखी लाइनमा बस्दा पनि खान र बस्ने सुबिधा नहुदा आफुहरु टयाक्टरको मुनि बसी रात बिताउन बाध्य भएको किसानहरु बताउँछन ।

अचानक चिसो बढदा खुल्ला आकाशमै रात बिताउन किसानहरु बाध्य छन । नेपाल देश कृर्षी प्रदान देश भएपनि वर्षौ देखी यहाका किसानहरु ठुलो समस्या भोगदै आएका छन । सरकारले अहिलेसम्म किन उखुको बिक्री गर्ने मुल्य निर्धारण नगरेको त ? भन्ने प्रश्नमा कृर्षी ज्ञान केन्द्र बाराका प्रमुख जीतेन्द्र यादवको अनुसार मुल्य निर्धारण गर्ने अधिकार आफ्नो हातमा नभएको बताए ।

आफुहरुले मुल्य निर्धारणकाे लागि केन्द्रिय कार्यालयमा पठाए पनि फाईल फिर्ता आएको र फेरी पठाईएको तर अहिलेसम्म माथीबाट कुनै निर्देशन नआएकोले मूल्य निर्धारणमा समस्या भएको बताए । यसरी समयमा नै किसानहरुको मस्या समाधान नहुने हो भने बिगतका जस्तै यसपाली पनि किसानहरु ठुलो समस्यमा पर्ने निश्चित छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...