Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

रानिघाटका ३ गाेदामहरुमा प्रहरीकाे छापा, भन्सार छलीकाे ९०५ बाेरा चामल बरामद

spot_img
spot_img

वीरगंज । प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं. ११ रानिघाटस्थित ३ वटा गाेदामहरु छापामारी गरी भन्सार छली ल्याइएका चामलहरू बरामद गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय विर्ता र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले रानीघाटमा लुकाइ छिपाइ भण्डारण गरी राखिएको कृष्णा साह, सुनिल साह र देवनारायण साहको गोदामहरू छापामारी गरी १३ लाख ६० हजार ८ सय बराबरकाे भन्सार छलीकाे चामल बरामद गरेकाे हाे ।

तिनै जनाकाे गादाेमहरुमा कानून बमोजिम खानतलासी गर्दा २०/२४/२६ के.जी.का बोराहरू भएकाे ९०५ बोरा चामल बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । बरामद चामलहरु थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बुधबार नै वीरगंज भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

भन्सार छली चोरी पैठारी गरी वीरगंज ल्याई अनाधिकृतरूपमा भण्डारण गरी राखेको अवस्थामा बरामद चामलकाे मुल्य रु.१३ लाख ६० हजार ८ सय पर्ने प्रहरीले जनाएकाे छ  ।

प्रहरी कै मिलाेमताेमा यसरी वीरगंज पुग्छ तस्करीकाे सामग्री 

सरकारले सीमा क्षेत्रबाट हुने चोरी तस्करी, अवैध कारोवार तथा सीमा सुरक्षाको लागि सुरक्षाकर्मी परिचालन गरेको छ । सीमामा बसेको प्रहरीले अबैध कारोबारमा संलग्न व्यक्तिसँग रकम लिएर सीमा क्षेत्रबाट साइकल, मोटरसाइकल र पैदल खाद्यान्न बोकेर ल्याउनेलाई छुट दिने गरेको देखिन्छ । 

भंसार चोरी पैठारी नियन्त्रण गर्न सीमा क्षेत्रमा खटिएको प्रहरीले रकम असुल्छ र सामान छोड्छ अर्कोतर्फ त्यही प्रहरीले व्यापारीको गोदामा छापामारी गर्छ र भंसार चोरी पैठारी गरी ल्याएको चामल बरामद गरेको भनि भंसार कार्यालय पठाउँछ । तस्करी गराउन प्रोत्साहन पनि गर्ने र तस्करी भएर आएको सामान छापामारेर बहादुरी देखाउने काम प्रहरीबाट भएको देखिन्छ । यसमा सीमा क्षेत्रबाट चोरी पैठारी नियन्त्रणमा किन सुरक्षा निकाय चुक्दैछ ? यसको जबाफ कसले दिने ?

वीरगञ्जमा भन्दा भारतीय बजार रक्सौलमा खाद्यान्न सामाग्री सस्तोमा पाइने भएकोले वीरगञ्जका अधिकांश मानिसहरु चामल, दाल, चिनी लगायत खाद्यान्न सामाग्री किन्न रक्सौल जाने गर्दछन् । वीरगञ्जका केही व्यापारीहरुले सीमा क्षेत्रमा खटिने प्रहरीलाई मिलाए साइकल, मोटरसाइकलमा खाद्यान्न रक्सौलबाट ल्याई महंगोमा बेच्छन् ।

वीरगञ्जको खुला नाका बाहेक मुख्य भंसार कार्यालयको गेट भएर दैनिक सयाैंकाे संख्यामा अट्टोरिक्सा, साइकल र मोटरसाइकलमा चामल, चिनी, दाल, लसुन, आलु, प्याज, खुसार्नी ढुवानी गरेको देख्न पाइन्छ । यस्तो कार्यमा संलग्न व्यक्तिहरुले प्रहरीलाई पैसा दिएर माससामान अवैध रुपमा वीरगञ्ज बजार सम्म पु¥याउने गरेको कारोबारमा संलग्न व्यापारीहरुको भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...