Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

बिन्दवासिनी गापाद्वारा एमबिबिएस अध्ययन गर्नेलाई छात्रवृति प्रदान

spot_img
spot_img
वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिकाले एमबिबिएस अध्ययनरत एक जना छात्रलाई प्राेत्साहन स्वरुप छात्रवृति उपलब्ध गराएकाे छ । गाउँपालिकाले वडा नं.४ अमरपट्टी निवासी पवन कुमार चौरासियालाई रु ५० हजार छात्रवृति उपलब्ध गराएकाे हाे ।
 
चौरासियाले NEET परिक्षा उतिर्ण गरी भारतमा MBBS अध्ययन छात्रवृति प्राप्त गरेकोले प्राेत्साहन स्वरुप रु. ५० हजार छात्रवृति उपलब्ध गराइएको गाउँपालिका कार्यालयले जनाएकाे छ ।
 
गाउँपालिका अध्यक्ष श्री प्रमोद तिवारीले साेमबार एक कार्यक्रमका बिच चौरासियालाई छात्रवृत रकम बराबरकाे चेक हस्तान्तरण गरेका थिए । अध्यक्ष तिवारीले चाैरसियाकाे उत्तराेत्तर प्रगतिको कामना सहित उत्प्रेरणा प्रदान गर्न सानाे सहयाेग गरिएकाे वताए ।
 
यसैगरी बिन्दवासिनी गाँउपालिकाले गाउँपालिका अन्तर्गतका ३ वटा माध्यमिक विद्यालयहरुमा अतिरिक्त क्रियाकलाप संचालन गर्न /गराउँन एक/एक थान साउन्ड बक्स उपलब्ध गराएकाे छ ।
 
सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत राजु साह, वडा नं. ३ का वडाध्यक्ष जय प्रकाश चौरासियासहित सम्बन्धित शाखा प्रमुखहरु तथा शिक्षक र अभिभावकहरुको उपस्थिति रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...