Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

जनमत पार्टी पर्साकाे बैठक सम्पन्न, प्रवक्तामा सिए चाैरसिया चयन

spot_img
spot_img

वीरगंज । पर्सामा जनमत पार्टीको जिल्ला स्तरीय बैठक सम्पन्न भएको छ । जिल्ला इन्चार्ज श्याम शंकर चौरसियाको अध्यक्षतामा सम्पन्न बैठकले जिल्ला प्रवक्तमा सिए अजय चौरसियालाई सर्बसहमत चयन गरेकाे छ ।

यसैगरी बैठकले जिल्लाबाट राजनीतिक नियुक्तिको लागि संतोष कुमार साह सोनारको एकल नाम सिफारिस गर्न निर्णय गरेकाे छ ।

वीरगंजस्थित होटेल एभ्री डेमा बसेकाे बैठकले पार्टी कार्यालय जिल्लाकाे पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुको सहयोगमा संचालन गर्ने पनि निर्णय गरेकाे छ । साथै बैठकले पार्टीकाे संगठन विस्तारको लागि क्षेत्रगत जिम्मेवारी समेत ताेकेकाे छ ।

बैठकले पर्सा क्षेत्र नं. १ मा संतोष कुमार साह सोनार, नजमा खातुन, बिजय यादव र विरेन्द्र यादवलाई जिम्मेवारी दिएकाे छ । त्यसैगरी क्षेत्र नं. २ मा केदार प्रसाद पटेल, पप्पु चौधरी, नेक महम्द र अब्दुल मियालाई, क्षेत्र नं. ३ मा राजु राज गिरी, महेश चौरसिया र सुजित चौरसियालाई र क्षेत्र नं. ४ मा श्याम शंकर चौरसिया र संतोष कुमार साह सोनारलाई जिम्मेवारी दिइएकाे हाे ।

बैठकमा जनमत पार्टीका केन्द्रिय उपाध्यक्ष अनिता देवी, पुर्व जिल्ला ईन्चार्ज सन्तोष कुमार साह सोनार, पुर्व जिल्ला अध्यक्ष चन्दन चौहान, पुर्व जिल्ला ईन्चार्ज सुजित कुमार चोरसिया, पुर्व जिल्ला सचिव बिनय यादव, पुर्व जिल्ला सह–सचिव राजेश चौरसिया, महिला नेत्री नजमा खातुन लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...