Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

विपद् पूर्व तयारी तथा प्रतिकार्यको लागि अभिमुखिकरण

spot_img
spot_img

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा बिहिबार विपद् पूर्व तयारी तथा प्रतिकार्यको लागि स्थानीय शिक्षा समुह गठन, परिचालन, समन्वय र अभिलेखिकरण सम्बन्धि पालिका स्तरिय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ ।

EU/UNICEF को प्राविधिक सहयोग तथा आर्थिक सहयोगमा भुकम्प प्रविधी रास्ट्रीय समाज नेपाल (NSET) संचालित कोभिड १९  नेपालमा शिक्षा समुहको सुदृढीकरण परियोजना अन्तर्गत मधेस प्रदेश शिक्षा समुहको आयोजनामा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे पालिका क्लस्टर कोर्डिनेटर मित्रदेब यादवले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीकाे अध्यक्षमा सम्पन कार्यक्रममा शिक्षा समितिका सदस्य, प्रअ, स्थानीय रेड क्रस, शिक्षा सङ्ग सरोकार राख्ने अन्य संघ/सस्था तथा स्थानिय पालिकाका सम्बन्धित शाखाका प्रतिनिधिहरुको उपस्थिति रहेकाे थियाे ।

जसमा गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीकाे संयोजकत्वमा ९ सदसिय पटेरवा सुगौली गाउँपालिका शिक्षा समुह गठन भएको थियाे । जुन समितिकाे  सदस्यहरू गाउँपालिका उपाध्यक्ष ममता महतो, वडाध्यक्ष विजय गैरे, जाँदो लाल साह, श्याम घिमिरे र सदस्य सचिव पालिका शिक्षा प्रमुख सम्भु साह लागायतका रहेका छन् । 

अभिमुखीकरणमा सिकाइ निरन्तर अभियानको अवधारणा, महत्व, आवश्यकता र यसको प्रयोग बिधिको बारेमा बिस्तृत जानकारी गराइएको तथा आउने दिनहरुमा कुनै बिपद वा महामारी आएको खण्डमा विभिन्न किसिमका पढाईका बैकल्पिक बिधिहरु प्रयोग गरि बालबालिकाहरुको पढाईमा हुने क्षतिलाई न्यूनीकरण गरि उनिहरुको पढाई सिपमा सुधार ल्याउन सकिन्छ ।

अभूखिकरण कार्यक्रममा पालिकाको शिक्षा अधिकृत सम्भु साह र पालिका क्लस्टर कोर्डिनेटर मित्र देब यादवले सहजीकरण गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...