Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

चोक चोकमा आगो ताप्न महानगरले उपलब्ध गरायो दाउरा

spot_img
spot_img

वीरगंज । कठ्याग्रिदो जाडो बढेसँगै वीरगंज महानगरपालिकाले ३२ वटै वडामा आगो ताप्ने व्यवस्था मिलाएको छ । ३२ वटै वडाका वडाअध्यक्षको रोहबरमा आवश्यक स्थानको पहिचान गरी आगो ताप्न महानगरले दाउरा उपलब्ध गराएको हाे ।

बुधबारदेखि फेरि सितलहरी सुरु भएकाले ठाउठाउँमा दाउरा पठाएर आगो ताप्ने व्यवस्था मिलाइएको महानगरका नगर प्रमुख राजेशमान सिंहले बताए । महानगरले यस वर्ष जाडोबाट बँच्न आगो ताप्न ३ सय क्विन्टल दाउराको व्यवस्था गरेको छ ।

यस्तै महानगरले नै विभिन्न स्थानबाट संकलन गरेको ६ ट्रक रुखका जराहरु पनि जम्मा गरेर राखेको छ । आवश्यक परेका ठाउँमा आगो बाल्न दाउरा तत्काल पुर्याउने व्यवस्था मिलाइएको बताउँदै महानगरप्रमुख सिंहले जरुरत परेको ठाउँमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी दाउरा माग गर्न आग्रह गरे ।

महानगरले बजार क्षेत्रमा आदर्शनगर चोक, घण्टाघर, माइस्थान चोक, मुरलीचोक, छपकैयाँ, विर्ता, पुरानो बसपार्क, मालपोत चोक लगायतका स्थानमा आगो ताप्ने व्यवस्था मिलाइएको मेयर सिंहकाे सचिवालयले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...

चुनाव नजिकिँदै धोबीनीमा आश्वासनको बाढी, जनताको प्रश्न : विगतको हिसाब खोइ ?

चुनाव नजिकिँदै जाँदा धोबीनी गाउँपालिकाको भलो चाहने, विकास गर्ने र जनताको सेवामा समर्पित हुने भन्दै विभिन्न आश्वासन बाँड्नेहरूको भीड बढ्न थालेको छ । जनताको...