Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

चोक चोकमा आगो ताप्न महानगरले उपलब्ध गरायो दाउरा

spot_img
spot_img

वीरगंज । कठ्याग्रिदो जाडो बढेसँगै वीरगंज महानगरपालिकाले ३२ वटै वडामा आगो ताप्ने व्यवस्था मिलाएको छ । ३२ वटै वडाका वडाअध्यक्षको रोहबरमा आवश्यक स्थानको पहिचान गरी आगो ताप्न महानगरले दाउरा उपलब्ध गराएको हाे ।

बुधबारदेखि फेरि सितलहरी सुरु भएकाले ठाउठाउँमा दाउरा पठाएर आगो ताप्ने व्यवस्था मिलाइएको महानगरका नगर प्रमुख राजेशमान सिंहले बताए । महानगरले यस वर्ष जाडोबाट बँच्न आगो ताप्न ३ सय क्विन्टल दाउराको व्यवस्था गरेको छ ।

यस्तै महानगरले नै विभिन्न स्थानबाट संकलन गरेको ६ ट्रक रुखका जराहरु पनि जम्मा गरेर राखेको छ । आवश्यक परेका ठाउँमा आगो बाल्न दाउरा तत्काल पुर्याउने व्यवस्था मिलाइएको बताउँदै महानगरप्रमुख सिंहले जरुरत परेको ठाउँमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी दाउरा माग गर्न आग्रह गरे ।

महानगरले बजार क्षेत्रमा आदर्शनगर चोक, घण्टाघर, माइस्थान चोक, मुरलीचोक, छपकैयाँ, विर्ता, पुरानो बसपार्क, मालपोत चोक लगायतका स्थानमा आगो ताप्ने व्यवस्था मिलाइएको मेयर सिंहकाे सचिवालयले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...