Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

मनोज तिवारीले पनि गरे सांसद प्रदिप यादवको प्रशंसा

spot_img
spot_img

वीरगंज । भारतका बहुचर्चित कलाकार एवम् लोकप्रिय नेता मनोज तिवारीले पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादवको प्रशंसा गरेका छन् ।

भारतका लोकसभा सदस्य एवम् भारतीय जनता पार्टीका प्रभावशाली नेतासमेत रहेका तिवारीले शुक्रवार एक ट्विीट गर्दै यादवको प्रशंसा गरेका हुन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादवले भोजपुरी संस्कृति झल्किने भेषभुषा पहिरिएर आफ्नो मातृभाषा भोजपुरीमा शपथ लिएपछि यादवको चौतर्फी चर्चा चुलिएको हो । भोजपुरी भाषाका प्रसिद्ध गायकसमेत रहेका मनोज तिवारीले यादवको तारिफ गर्दै ट्विट गरेका छन् ।

उनले ट्विटरमा भोजपुरीमा लेखेका छन्, ‘नेपालको संसदमा प्रदीप यादव जीले भोजपुरी भाषामा शपथ लिनुभएको खबरले मन अत्यन्तै हर्षित भएको छ । छिटै हाम्रो सपनालाई सार्थकतामा बदल्न निरन्तर प्रयास जारी छ ।’

भोजपुरी भाषा र संस्कृतिको संरक्षण, प्रवद्र्धनसँगै जगेर्ना गर्नुपर्नेमा जोड दिँदै हिन्दी तथा भोजपुरी भाषी चलचित्रसमेतमा काम गरेर अभिनेताको समेत पहिचान बनाएका तिवारीले यादवको सह्राना गरेका छन् ।

यसअघि भोजपुरी अभिनेता एवम् सुप्रसिद्ध गायक खेसारीलाल यादवले पनि प्रदीप यादवको प्रसंशा गरेका थिए । पर्सा जिल्लाबाट भोजपुरी भाषामा शपथ ग्रहण गर्ने सांसद् यादव एकल सांसद् हुन् । उहाँसँगै जसपाका अर्का सांसद् रामसहाय यादवले पनि भोजपुरी भाषामै शपथ ग्रहण गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...