Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

पर्साका एक मात्र सांसद प्रदिप यादवले भाेजपुरीमा लिए शपथ

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद) प्रदीप यादवले आफ्नो मातृभाषा भोजपुरीमा शपथ लिएका छन् । जिल्लाबाट प्रत्यक्ष र समानुपातिक गरी ७ जना सांसद रहे पनि अन्यले नेपाली भाषामै शपथ लिएका हुन् ।

सांसद यादवले मधेशको मौलिक पहिरन धोती, कुर्ता र पगडी लगाएर आफ्नो भाषा र संस्कृतीको संरक्षण र प्रवर्द्धनका लागि भोजपुरी भाषामा शपथ लिएकाे वताएका छन् । 

पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका सांसद यादव मातृभाषा भोजपुरीमा शपथ लिने पर्साका एकल सांसद हुन् । पर्साबाट एक मात्र सांसद यादवले आफ्नाे मातृभाषा भाेजपुरीमा सपथ लिएपछि पर्साबासीले उनकाे प्रशंसा गरेका छन् । 

पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा दाेस्राे पटक यादव निर्वाचित भएका हुन् । इतिहास मै पहिलाे पटक पर्सा क्षेत्र नं. १ बाट दाेस्राे कार्यकालकाे लागि सांसद यादव निर्वाचित भएका हुन् ।   

गत आम निर्वाचनबाट पहिलो पटक सांसदका रुपमा निर्वाचित हुँदा पनि यादवले मधेशको मौलिक पहिरन धोती, कुर्ता र पगडी लगाएर भोजपुरी भाषामा शपथ लिएका थिए ।

पाँच वर्ष जिल्लाको विकास र समृद्धिका लागि काम गर्छु : सांसद यादव

दाेस्राे कार्यकालकाे लागि सपथ लिएपछि सांसद यादवले पाँच वर्ष पर्सा जिल्लाको विकास र समृद्धिका लागि काम गर्ने बताएका छन् ।

बिहिबार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण पश्चात सामाजिक सञ्जालमा एउटा पोस्ट लेख्दै यादवले सङ्घीय सांसदका रुपमा पाँच वर्षसम्म पर्सा जिल्लाको समृद्धि र विकासका लागि आफूले काम गर्ने बताएका हुन् ।

यादवले मधेशको मौलिक पहिरन लगाएर भोजपुरी भाषामा शपथ लिने अवसर दिएकोमा पर्सा जिल्लावासीलाई पनि धन्यवाद दिएका छन् । 

यादवले लेखेका छन्, ‘जनताको न्यायको मन्दिर सङ्घीय संसदमा प्रतिनिधिसभा सदस्यको रूपया आजदेखि मेरो दोस्रो कार्यकालको सुरुवात भएको छ । मधेशको पहिचान र संस्कृतिको सम्मान गर्दै आफ्नो मौलिक पहिरन धोती, कुर्ता, पगडी र गम्छा लगाएर दोस्रो पटक भोजपुरी भाषामा शपथ ग्रहण गर्ने अवसर मिल्यो । यस अवसरका लागि मेरो निर्वाचन क्षेत्र तथा पर्सा जिल्लाका सम्पूर्ण जनताप्रति हृदयदेखि आभार प्रकट गर्दछु । सङ्घीय सांसद्का रुपमा ५ वर्षसम्म जिल्लाको समृद्धि र विकासका लागि काम गर्ने म वचनवद्धता गर्दछु ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...