Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंजमा नि:शुल्क स्थायी बन्ध्याकरण शिविर सुरु

spot_img
spot_img

वीरगंज । वीरगंजमा सोमबारदेखि निशुल्क स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी, मिनिल्याप) शिविर सुरु भएको छ । सोमबारदेखि सुरु भएको शिविर पुष ९ गतेसम्म सञ्चालन हुने छ ।

वीरगंज महानगरपालिकाको वडा नम्वर १७ देखि ३२ सम्मका सेवाग्राहीलाई लक्षित गर्दै बन्ध्याकरण शिविर आयोजना गरिएको महानगरको स्वास्थ्य महाशाखाकी इन्दिरा लोहनीले जानकारी दिइन् । महानगरको ग्रामिण भेगलाई लक्षित गर्दै २ वटा स्थानमा शिविर राखेर सेवा दिइरहेको पनि उनले बताइन् ।

वडा नम्वर २५ को सिर्सिया स्वास्थ्य चौकी र ३० को लालपर्सा स्वास्थ्य चौकीबाट १६ वटा वडाका सेवाग्राहीलाई लक्षित गर्दै बन्ध्याकरण शिविर सन्चालन गरिएको महानगरपालिकाले जनाएकाे छ ।

सेवाग्राहीलाई स्वास्थ्य चौकीसम्म ल्याउन र लैजान वीरगंज महानगरपालिका, जनस्वास्थ्य र मेरिस्टोप्सले सवारी उपलब्ध गराएको छ ।

यस्तै वीरगंज महानगरपालिकाले शिविरमा सेवा लिएका सेवाग्राहीलाई निशुल्क औषधीका साथै न्यानो कपडा उपलब्ध गराएको छ । शिविरमा अधिकांश महिलाले मात्रै स्थायी बन्ध्याकरण गराएको महानगरपालिकाको स्वास्थ्य महाशाखाकी लोहनीले जानकारी दिइन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...

चुनाव नजिकिँदै धोबीनीमा आश्वासनको बाढी, जनताको प्रश्न : विगतको हिसाब खोइ ?

चुनाव नजिकिँदै जाँदा धोबीनी गाउँपालिकाको भलो चाहने, विकास गर्ने र जनताको सेवामा समर्पित हुने भन्दै विभिन्न आश्वासन बाँड्नेहरूको भीड बढ्न थालेको छ । जनताको...