Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

वीरगंजमा नि:शुल्क स्थायी बन्ध्याकरण शिविर सुरु

spot_img
spot_img

वीरगंज । वीरगंजमा सोमबारदेखि निशुल्क स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी, मिनिल्याप) शिविर सुरु भएको छ । सोमबारदेखि सुरु भएको शिविर पुष ९ गतेसम्म सञ्चालन हुने छ ।

वीरगंज महानगरपालिकाको वडा नम्वर १७ देखि ३२ सम्मका सेवाग्राहीलाई लक्षित गर्दै बन्ध्याकरण शिविर आयोजना गरिएको महानगरको स्वास्थ्य महाशाखाकी इन्दिरा लोहनीले जानकारी दिइन् । महानगरको ग्रामिण भेगलाई लक्षित गर्दै २ वटा स्थानमा शिविर राखेर सेवा दिइरहेको पनि उनले बताइन् ।

वडा नम्वर २५ को सिर्सिया स्वास्थ्य चौकी र ३० को लालपर्सा स्वास्थ्य चौकीबाट १६ वटा वडाका सेवाग्राहीलाई लक्षित गर्दै बन्ध्याकरण शिविर सन्चालन गरिएको महानगरपालिकाले जनाएकाे छ ।

सेवाग्राहीलाई स्वास्थ्य चौकीसम्म ल्याउन र लैजान वीरगंज महानगरपालिका, जनस्वास्थ्य र मेरिस्टोप्सले सवारी उपलब्ध गराएको छ ।

यस्तै वीरगंज महानगरपालिकाले शिविरमा सेवा लिएका सेवाग्राहीलाई निशुल्क औषधीका साथै न्यानो कपडा उपलब्ध गराएको छ । शिविरमा अधिकांश महिलाले मात्रै स्थायी बन्ध्याकरण गराएको महानगरपालिकाको स्वास्थ्य महाशाखाकी लोहनीले जानकारी दिइन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...