Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

सार्वजनिक जग्गा खोज्दै वीरगंज महानगर

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले नगर भित्र रहेका सार्वजनिक तथा ऐलानी जग्गा खोजी गर्न सुरु गरेको छ । सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोली नक्सा लिएरै संभावित स्थानमा पुग्न थालेको हो ।

सोमबार वडा नम्वर १७ र १९ को सीमामा रहेको कोनियाँ गाउँमा पुगेको टोलीले त्यहाँ अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन दिनभर नापजाँच गरेको छ । जनप्रतिनिधिले नै कब्जा गरेको सार्वजनिक जग्गा छुट्याउन नापजाँच गरेर महानगरले सार्वजनिक जग्गा खोजी अभियानको थालनी गरेको हो ।

सोमबार महानगरको टोलीले वडा नम्वर १७ का वडा सदस्य अमोद यादवले अतिक्रमण गरेर भोगचलन गर्दै आएको वडा नम्वर १९ कोनियाँमा पर्ने सार्वजनिक जग्गा आफ्नो अधिनमा ल्याउन नापजाँच गरेको हो ।

यादवले आफ्नो नाममा रहेको ७ कट्ठा जग्गाको आडैमा रहेको ४ विघा सार्वजनिक जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको वडा नम्वर १९ का वडाध्यक्ष मुकेश कुमार चौरसियाले बताए ।

वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले नगरक्षेत्र भित्र रहेका सार्वजनिक जग्गा पहिचान गरी महानगर माताहातमा ल्याउन अभियान चलाउनु भएको हो । अहिले महानगरसँग आफ्नो क्षेत्रमा रहेका सार्वजनिक जग्गा कति छ भन्ने कुनै पनि तथ्यांक छैन । तथ्यांक नहुँदा काम गर्न कठिनाई भएकाले महानगरले आफ्नो सीमा भित्र रहेका सार्वजनिक सम्पत्ति संरक्षण गर्न जग्गा खोजि अभियान अघि बढाइएको नगरप्रमुख सिंहले बताए ।

सोमबार पहिलो दिन भएको र यो अभियान अब ३२ वटै वडामा संचालन हुने पनि महानगरले जनाएको छ । हरेक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखिकरण गरेर राख्न र आवश्यकता अनुसार प्रयोग गर्न महानगरले खोजी अभियान अघि बढाएको पनि नगरप्रमुख सिंहले बताए ।

अभियान अन्तर्गत सोमबार नगर प्रमुख सिंहको सचिवालयका हरि पोखरेल, नगर प्रहरी प्रमुख हरि भुषाल, नक्सा शाखाका सर्वेक्षक निरज चौरसिया, अमिन लेखनारायण कर्ण, १९ नम्बर वडाका अमिन रामेश्वर प्रसाद कुशवाहा लगायत वडा नम्वर १७ र १९ का वडाध्यक्ष तथा जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...

चुनाव नजिकिँदै धोबीनीमा आश्वासनको बाढी, जनताको प्रश्न : विगतको हिसाब खोइ ?

चुनाव नजिकिँदै जाँदा धोबीनी गाउँपालिकाको भलो चाहने, विकास गर्ने र जनताको सेवामा समर्पित हुने भन्दै विभिन्न आश्वासन बाँड्नेहरूको भीड बढ्न थालेको छ । जनताको...