Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

आशा किरण केन्द्रको वार्षिकोत्स सम्पन्न

spot_img
spot_img
वीरगंज । आशा किरण केन्द्र वीरगंजकाे वार्षिकोत्सकाे अवसरमार विभिन्न कार्यक्रमहरु सम्पन्न भएकाे छ । वीरगंजकाे सिद्धार्थ माध्यमिक विद्यालयमा रहेको आशा किरण केन्द्रले सुस्त मनस्थिति, मस्तिष्क पक्षघात बालबालिकाहरुको सहिपहिचानका लागि नि:शुल्क स्वास्थ परिक्षण शिविरको आयोजना गरेको हो ।
 
एकल महिला, वृद्ध, जेष्ठ नागरिक, बालबालिकाहरुका लागि आयाेजित शिविरमा दक्ष चिकित्सकको टोलीद्वारा आँखा, दात, स्त्रीरोग, हार्डजोर्नी, फिजिसियन, बालबालिका लगायत स्वास्थ्य सम्बन्धि सल्लाह सुझाव सहित नि:शुल्क औषधि समेत उपलब्ध गराइएकाे आशा किरण केन्द्रका महासचिव राजन श्रीवास्तवले जानकारी दिए । शिविरमा ६ सय २७ जनाले लभान्वित भएकाे महासचिव श्रीवास्तवले वताए ।
 
शिविर स्थलमा पुगेका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले यस्ता सामाजिक कार्यमा महानगरको तर्फबाट हरदम सहयोग हुने साथै माहनगरबाट यसलाई अझ बिस्तार गर्नको लागी छिटै समन्वय हुने वताए ।
 
 
भारतका महावाणिज्यदूत नितेस कुमारले बिशेष शिक्षा प्रदान गर्नका लागि विशेष बिद्यालयकाे रुपमा शुरूवात गर्नु भएकोमा आभार व्यक्त गर्दै दूतावासबाट समन्वय र सहयोग हुने प्रतिबद्धता जनाएका थिए ।
 
शिविर पश्चात् वाषिर्कोत्सव बिशेष कार्यक्रममा परिणत हुँदै कार्यक्रममा सहयोग गर्ने एवं आशा किरणबाट आजिवन सदस्य लिनेलाई प्रमाणपत्र एवं संमान-पत्र प्रदान गर्ने कार्य भएको थियो ।
 
संस्थाका संस्थापाक सुनिल गुप्ताको अध्यक्षता र स्नेह नामक संस्थाका संस्थापक पन्कज माडोकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा आशा किरणका कोषाध्यक्ष सन्दिप मोहता, सदस्य मधुराणा, पबित्रा गजुरेल, डा. महेस धामी, कबिता खेतान, नुतन सरावगी, अरबिन्द सिंह, अनिसकान्त कुश्वाहा, राधेश्याम गुप्ता, राधा धोकानिया, अफ्साना खातुन, दिनेस कुशवाहा, सङिता मोहता, समर कुमार लगायतको उपस्थिति रहेको थियो ।
 
आशा किरण केन्द्रको वाषिर्कोत्सवको अवसरमा पौष १ गते शुक्रबार वीरगंज महानगरपालिकाकाे वडा नं. ३१ मा एक सय थान कम्बल बितरण समेत गरिएको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...