Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

आशा किरण केन्द्रको वार्षिकोत्स सम्पन्न

spot_img
spot_img
वीरगंज । आशा किरण केन्द्र वीरगंजकाे वार्षिकोत्सकाे अवसरमार विभिन्न कार्यक्रमहरु सम्पन्न भएकाे छ । वीरगंजकाे सिद्धार्थ माध्यमिक विद्यालयमा रहेको आशा किरण केन्द्रले सुस्त मनस्थिति, मस्तिष्क पक्षघात बालबालिकाहरुको सहिपहिचानका लागि नि:शुल्क स्वास्थ परिक्षण शिविरको आयोजना गरेको हो ।
 
एकल महिला, वृद्ध, जेष्ठ नागरिक, बालबालिकाहरुका लागि आयाेजित शिविरमा दक्ष चिकित्सकको टोलीद्वारा आँखा, दात, स्त्रीरोग, हार्डजोर्नी, फिजिसियन, बालबालिका लगायत स्वास्थ्य सम्बन्धि सल्लाह सुझाव सहित नि:शुल्क औषधि समेत उपलब्ध गराइएकाे आशा किरण केन्द्रका महासचिव राजन श्रीवास्तवले जानकारी दिए । शिविरमा ६ सय २७ जनाले लभान्वित भएकाे महासचिव श्रीवास्तवले वताए ।
 
शिविर स्थलमा पुगेका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले यस्ता सामाजिक कार्यमा महानगरको तर्फबाट हरदम सहयोग हुने साथै माहनगरबाट यसलाई अझ बिस्तार गर्नको लागी छिटै समन्वय हुने वताए ।
 
 
भारतका महावाणिज्यदूत नितेस कुमारले बिशेष शिक्षा प्रदान गर्नका लागि विशेष बिद्यालयकाे रुपमा शुरूवात गर्नु भएकोमा आभार व्यक्त गर्दै दूतावासबाट समन्वय र सहयोग हुने प्रतिबद्धता जनाएका थिए ।
 
शिविर पश्चात् वाषिर्कोत्सव बिशेष कार्यक्रममा परिणत हुँदै कार्यक्रममा सहयोग गर्ने एवं आशा किरणबाट आजिवन सदस्य लिनेलाई प्रमाणपत्र एवं संमान-पत्र प्रदान गर्ने कार्य भएको थियो ।
 
संस्थाका संस्थापाक सुनिल गुप्ताको अध्यक्षता र स्नेह नामक संस्थाका संस्थापक पन्कज माडोकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा आशा किरणका कोषाध्यक्ष सन्दिप मोहता, सदस्य मधुराणा, पबित्रा गजुरेल, डा. महेस धामी, कबिता खेतान, नुतन सरावगी, अरबिन्द सिंह, अनिसकान्त कुश्वाहा, राधेश्याम गुप्ता, राधा धोकानिया, अफ्साना खातुन, दिनेस कुशवाहा, सङिता मोहता, समर कुमार लगायतको उपस्थिति रहेको थियो ।
 
आशा किरण केन्द्रको वाषिर्कोत्सवको अवसरमा पौष १ गते शुक्रबार वीरगंज महानगरपालिकाकाे वडा नं. ३१ मा एक सय थान कम्बल बितरण समेत गरिएको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...