Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

क्यान पर्साको नयाँ कार्य समिति चयन, अध्यक्षमा प्रशान्त

spot_img
spot_img
वीरगंज । सूचना र प्रविधिको क्षेत्रमा काम गर्ने संस्था कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ पर्साको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशन बुधवार सम्पन्न भएको छ । महासंघ पर्साका अध्यक्ष दिपक साहको अध्यक्षतामा वीरगञ्जस्थित होटल अन्नपुर्णामा अधिवेशन तथा साधारण सभा सम्पन्न भएको हो ।
 
अधिवेशनले प्रशान्त कुमारको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमती रुपमा चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा संजय सकसेना, सचिवमा जीवन प्रकाश गुप्ता, कोषाध्यक्षमा सुरज बाबु पटेल चयन भएका छन् ।
 
सदस्यहरुमा राहुल कुमार साह, राकेश कुमार साह, अर्जुन कुमार अधिकारी, विक्रम जैन र अर्जुन कुमार साह रहेका छन् । नयाँ कार्यसमितिलाई आजै प्रमुख निर्वाचन अधिकृत प्रमोद साहले प्रमाण पत्रसमेत प्रदान गरेका थिए ।
 
अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन अधिकृत एवम् अधिवक्ता प्रमोद साहले प्रविधिको प्रयोग बढ्दै गएको हुँदा यसको महत्व पनि बढेको बताए । हरेक क्षेत्र प्रविधिमैत्री बन्दै गएको अवस्थामा आईटी क्षेत्रको महत्व बढेको हुँदा यस क्षेत्रमा आवद्ध व्यवसायीहरु एकबद्ध हुनुपर्नेमा उनले जोड दिए ।
 
क्यान महासंघका केन्द्रीय सचिव भुपाल दास श्रेष्ठ, महासंघ मधेश प्रदेशका अध्यक्ष आलोक कुमार चौरसिया, मधेश प्रदेशका कोषाध्यक्ष बिनोद गुप्ता, बाराका अध्यक्ष सञ्जय केशरी, पूर्व अध्यक्ष गणेश कुमार शर्मा, निर्वाचन अधिकृत राम सर्राफ, इमामुल अहमद लगायतले क्यानको आवश्यक्तासँगै आईटीको उपयोगिता र महत्वका बारेमा आआफ्नो धारणा राखेका थिए ।
 
कार्यक्रममा महासंघ पर्साका सचिव जीवन प्रकाश गुप्ताले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस कार्यकालले गरेका कार्य प्रगतिका बारेमा गुप्ताले प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण क्यान महासंघ पर्साका सदस्य राहुल कुमार साहले गरेका थिए । 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...