Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पकहा मैनपुर कार्यपालिकाद्वारा जग्गा बर्गीकरण गर्ने निर्णय

spot_img
spot_img

वीरगंज । पर्साको पकहा मैनपुर गाउँपालिकाको भुमि आयाेग समिती तथा कार्यपालिकाको बैठले जग्गा बर्गीकरण गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष सुरेश मेहताको अध्यक्षतामा बसेको बैठकले जग्गा बर्गीकरण गर्ने निर्णय गरेको योजना शाखा प्रमुख संतोष साह सोनारले बताए ।

गाउँपालिकाको वडा नम्बर १ देखी ५ सम्ममा रहेको जग्गाहरुको कृर्षि क्षेत्र र गैर कृर्षि क्षेत्र भित्रको जग्गा बर्गीकरण गर्ने निर्णय गरेको प्रमुख साेनारले जानकारी दिए । बैठकले बिभिन्न किसिम्मबाट मुल्यांकन गरी बर्गिकरण गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष मेहताले बताए । निर्णय गरिएको प्रतिलिपी सम्बन्धीत निकायमा बिहिबार नै पठाउने जनाइएको छ ।

बहुक्षेत्रिय पोषण योजना कार्यक्रमकाे अभिमुखिकरण

यसैगरी युनिसेफको सहयोगमा र पकहा मैनपुर गाउँपालिकाको आयोजनामा बुधबार बहुक्षेत्रिय पोषण योजना कार्यक्रमकाे पालिका स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितीको एक दिने अभिमुखिकरण सम्पन भएको छ ।

गाउँपालिका अध्यक्ष तथा पोषण कार्यक्रमका अध्यक्ष सुरेश मेहताको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक बर्ष ०७९।०८० को बार्षिक कार्ययोजना पालिकाले स्वीकृत गरेको छ । कार्यक्रममा पोषण मैत्री स्थानिय शासनको ७६ वटा सुचक बारे जानकारी समेत गराइएको पोषण संयोजक गणेश रामले बताए ।

अभिमुखिकरण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सरफुन नेशा, वडा नम्बर १ देखी ५ सम्मका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु सहभागिता रहेकाे थियाे भने गाउँपालिका स्वास्थ्य संयोजक संजय परसादले सहजीकरण गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...