Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

एमालेसँगको तालमेल चुनावसँगै सकियो : उपेन्द्र यादव

spot_img
spot_img

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग चुनावी तालमेलका लागि गरिएको सहकार्य निर्वाचनपछि सकिएको बताएका छन् ।  विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले तत्कालीन हिसावले गरिएका सहकार्य चुनाव सकिएसँगै अन्त्य भएको प्रतिक्रिया दिएका हुन् ।

‘हामीले तत्कालका लागि केही सिटमा तालमेल गरेका हौं । हाम्रो मोर्चाबन्दी र तालमेल होइन । हामीले केही सिटमा सहयोग गर्यौं, उहाँहरूले केहीमा गर्नुभयो । त्यो चुनावसँगै सकियो,’ यादवले भने, ‘अब नयाँ धरातलमा नयाँ ढंगले कसरी जाने भन्ने विषयमा छलफल हुन्छ ।’

यादवले आफ्नो पार्टी निर्णायक नभएको र अब आफूहरूले उठाउँदै आएको मुद्दामा केन्द्रित हुन जनताले म्यान्डेट दिएको पनि बताए । ‘हाम्रो पार्टी निर्णायक होइन । चुनावबाट काँग्रेस र एमालेलाई निर्णायक बनायो । हाम्रो पार्टी भनेको यो चुनाव पछि एउटा मुद्दामा राष्ट्रिय सवालमा हामीले जुन विगतदेखि उठाइरहेका छौं । त्यो उठाउने जनादेश आयो,’ यादवले भने ।

अहिलेको निर्वाचनमा केही महिना अगाडि स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले धमाका दिएको, मधेस नेपाल नै होइन भन्ने जनमत पार्टीले म्यान्डेट पाएको र राजतन्त्र फर्काउने एजेन्डा लिएको राप्रपाले धेरै मत पाएको विषयमा अध्ययन हुनुपर्ने पनि बताए ।

‘घण्टी छाप आएको छ । चुनावभन्दा अगाडि आएको राष्ट्रिय स्वतन्त्र पार्टीले यत्रो धमाका दियो । जनमत पार्टीले मधेशै अलग बनाउँछु भनेर आएको पार्टी हो । उसको मूल स्लोगन नै मधेश इज नट नेपाल थियो । त्यसो भनेर आएको पार्टीले म्यान्डेट पायो,’ अहिले आएको जनमतलाई कसरी लिनुभएको छ भन्ने प्रश्नमा यादवले भने, ‘अहिलेको परिवर्तन होइन पहिलेकैमा जानुपर्छ भन्ने राप्रपा अगाडि आयो । यो अध्ययनको विषय हो । पुराना पार्टी र नेताहरुले गरेको कामबाट अलिक फस्टेट भएर नेगेटिभ भोटबाट आएको हो कि ?’ 

यादवले डेमोक्रेटिक रेभुलेसनले ल्याएको उपलब्धी र संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउनका लागि त्यसका पक्षपातीहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए । ‘जसले परिवर्तन ल्याए ति क्रान्तिकारी शक्तिहरु पछि परेका छन् । जुन मक्सदका लागि ज्यान दिएका आन्दोलनहरु भए त्यो हाँसीमजाक जस्तो भएको छ, त्यो दुर्भाग्यपूर्ण भयो,’ यादवको भनाइ छ, ‘नेतृत्व गर्नेको कमजोरी भएको भएपनि यो मुलुकको क्यारेक्टर त्यस्तै खालको भएको छ । जुन पहिले पनि नेपालले भोगेको हो र अहिले पनि त्यही देखिरहेको छ ।’

आँखा चिम्लेर समर्थन गर्दैनौं

यादवले अहिले सत्तापक्ष र प्रतिपक्षको कित्तामा उभिने निर्णय गरिनसकेको बताए । ‘प्रतिपक्षी कि सत्तापक्ष भन्ने विषय हामीले तय गरेका छैनौं । सबै चुनावी परिणाम आइसकेपछि हामी कार्यकारिणी समितिको बैठक बस्छौं । त्यसपछि सरकार बनाउने पार्टीले के का लागि सरकार बनाउने हो । हामीले उठाएको मुद्दा के हुन्छन् लगायतका कुरा बुझेर हामी निर्णय गर्छौं,’ यादवले भने, ‘सरकारमा बस्ने कि जाने भन्ने विषयमा हामीलाई अहिले हतार छैनौं । हतार त काँग्रेस, एमाले त्यो भन्दा बढी माओवादीका साथीहरुलाई देख्छु ।’

यादवले संविधानमा उल्लेखित निर्वाचन प्रणाली, शासकीय स्वरुप, न्यायीक प्रणाली, समावेशीकरण, पहिचानका सवाल र प्रदेशका अधिकार सम्पन्न बनाउने कुराहरु संशोधन नगर्ने हो भने सिस्टम नै कोल्याप्स हुनसक्ने बताए । यस्तै अहिले मुलुक आर्थिक रुपमाले निक्कै तल गएको पनि उनको भनाइ थियो ।

‘मुलुकमा आर्थिक संकटका लक्षणहरु देखा परेका छन् । कतिपय आर्थिक मामिलाका विज्ञहरुले नेपाल आर्थिक रुपले दिवालिया हुने अवस्था आउन सक्ने बताएका छन् । त्यसलाई कसरी हल गर्ने भन्ने विषयमा योजना नआएसम्म हामीले आँखा चिम्लेर कसैलाई समर्थन गर्ने भन्ने आउँदैन’, उनले भने ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध गैरकानुनी लाभ वा हानी गरेको भन्दै...

यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर विश्राम लिने छुट नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्कटको...

आफ्ना तीन भाइको प्रतीक्षामा रामकुमार

सप्तरी । रामकुमार यादव आफ्ना तीन भाइ एकैपटक घर आउन सक्ने व्यग्र प्रतीक्षामा छन् । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनका यादव परिवारका जेठा छोरा रामकुमारले...