Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

एमालेसँगको तालमेल चुनावसँगै सकियो : उपेन्द्र यादव

spot_img
spot_img

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग चुनावी तालमेलका लागि गरिएको सहकार्य निर्वाचनपछि सकिएको बताएका छन् ।  विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले तत्कालीन हिसावले गरिएका सहकार्य चुनाव सकिएसँगै अन्त्य भएको प्रतिक्रिया दिएका हुन् ।

‘हामीले तत्कालका लागि केही सिटमा तालमेल गरेका हौं । हाम्रो मोर्चाबन्दी र तालमेल होइन । हामीले केही सिटमा सहयोग गर्यौं, उहाँहरूले केहीमा गर्नुभयो । त्यो चुनावसँगै सकियो,’ यादवले भने, ‘अब नयाँ धरातलमा नयाँ ढंगले कसरी जाने भन्ने विषयमा छलफल हुन्छ ।’

यादवले आफ्नो पार्टी निर्णायक नभएको र अब आफूहरूले उठाउँदै आएको मुद्दामा केन्द्रित हुन जनताले म्यान्डेट दिएको पनि बताए । ‘हाम्रो पार्टी निर्णायक होइन । चुनावबाट काँग्रेस र एमालेलाई निर्णायक बनायो । हाम्रो पार्टी भनेको यो चुनाव पछि एउटा मुद्दामा राष्ट्रिय सवालमा हामीले जुन विगतदेखि उठाइरहेका छौं । त्यो उठाउने जनादेश आयो,’ यादवले भने ।

अहिलेको निर्वाचनमा केही महिना अगाडि स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले धमाका दिएको, मधेस नेपाल नै होइन भन्ने जनमत पार्टीले म्यान्डेट पाएको र राजतन्त्र फर्काउने एजेन्डा लिएको राप्रपाले धेरै मत पाएको विषयमा अध्ययन हुनुपर्ने पनि बताए ।

‘घण्टी छाप आएको छ । चुनावभन्दा अगाडि आएको राष्ट्रिय स्वतन्त्र पार्टीले यत्रो धमाका दियो । जनमत पार्टीले मधेशै अलग बनाउँछु भनेर आएको पार्टी हो । उसको मूल स्लोगन नै मधेश इज नट नेपाल थियो । त्यसो भनेर आएको पार्टीले म्यान्डेट पायो,’ अहिले आएको जनमतलाई कसरी लिनुभएको छ भन्ने प्रश्नमा यादवले भने, ‘अहिलेको परिवर्तन होइन पहिलेकैमा जानुपर्छ भन्ने राप्रपा अगाडि आयो । यो अध्ययनको विषय हो । पुराना पार्टी र नेताहरुले गरेको कामबाट अलिक फस्टेट भएर नेगेटिभ भोटबाट आएको हो कि ?’ 

यादवले डेमोक्रेटिक रेभुलेसनले ल्याएको उपलब्धी र संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउनका लागि त्यसका पक्षपातीहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए । ‘जसले परिवर्तन ल्याए ति क्रान्तिकारी शक्तिहरु पछि परेका छन् । जुन मक्सदका लागि ज्यान दिएका आन्दोलनहरु भए त्यो हाँसीमजाक जस्तो भएको छ, त्यो दुर्भाग्यपूर्ण भयो,’ यादवको भनाइ छ, ‘नेतृत्व गर्नेको कमजोरी भएको भएपनि यो मुलुकको क्यारेक्टर त्यस्तै खालको भएको छ । जुन पहिले पनि नेपालले भोगेको हो र अहिले पनि त्यही देखिरहेको छ ।’

आँखा चिम्लेर समर्थन गर्दैनौं

​यादवले अहिले सत्तापक्ष र प्रतिपक्षको कित्तामा उभिने निर्णय गरिनसकेको बताए । ‘प्रतिपक्षी कि सत्तापक्ष भन्ने विषय हामीले तय गरेका छैनौं । सबै चुनावी परिणाम आइसकेपछि हामी कार्यकारिणी समितिको बैठक बस्छौं । त्यसपछि सरकार बनाउने पार्टीले के का लागि सरकार बनाउने हो । हामीले उठाएको मुद्दा के हुन्छन् लगायतका कुरा बुझेर हामी निर्णय गर्छौं,’ यादवले भने, ‘सरकारमा बस्ने कि जाने भन्ने विषयमा हामीलाई अहिले हतार छैनौं । हतार त काँग्रेस, एमाले त्यो भन्दा बढी माओवादीका साथीहरुलाई देख्छु ।’

यादवले संविधानमा उल्लेखित निर्वाचन प्रणाली, शासकीय स्वरुप, न्यायीक प्रणाली, समावेशीकरण, पहिचानका सवाल र प्रदेशका अधिकार सम्पन्न बनाउने कुराहरु संशोधन नगर्ने हो भने सिस्टम नै कोल्याप्स हुनसक्ने बताए । यस्तै अहिले मुलुक आर्थिक रुपमाले निक्कै तल गएको पनि उनको भनाइ थियो ।

‘मुलुकमा आर्थिक संकटका लक्षणहरु देखा परेका छन् । कतिपय आर्थिक मामिलाका विज्ञहरुले नेपाल आर्थिक रुपले दिवालिया हुने अवस्था आउन सक्ने बताएका छन् । त्यसलाई कसरी हल गर्ने भन्ने विषयमा योजना नआएसम्म हामीले आँखा चिम्लेर कसैलाई समर्थन गर्ने भन्ने आउँदैन’, उनले भने ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जगरनाथपुरको छोट्की पिडारीमा १० लाखको लागतमा छठघाट निर्माण सुरु

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१, छोट्की पिडारीमा व्यवस्थित छठघाट निर्माण कार्य सुरु गरिएको छ। बुधबार गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले हिन्दु धार्मिक परम्पराअनुसार पूजापाठ गरी छठघाट...

वीरगञ्ज भन्सारले असोजमा लक्ष्यभन्दा २६ करोड बढी राजस्व उठायो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले गत असोज महिनामा निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले असोजमा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ...

अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ

वीरगञ्ज। अमेरिकाबाट कुरियरमार्फत कागजातको आवरणमा नेपाल भित्र्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले...