Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

वीरगंजमा हुने नेपथ्य लाइभ कन्सर्टको सम्पुर्ण तयारी पूरा

spot_img
spot_img

वीरगंज । मानव सेवा आश्रमले यही मंसिर १९ गते वीरगंजमा आयाेजना गर्न लागेकाे नेपथ्य लाइभ कन्सर्टको सम्पुर्ण तयारी पूरा भएको छ । शनिवार आश्रमकाे वीरगंज शाखाले पत्रकार सम्मेलन गर्दै वीरगंजमा हुने कन्सर्टको सम्पुर्ण तयारी पूरा भएको जानकारी गराएकाे हाे । 

‘मानवताका लागि सङ्गीत’ भन्ने नाराका साथ मानव सेवा आश्रमले मेचीदेखि महाकालीसम्मका १० ठूला शहरमा नेपथ्य लाइभ कन्सर्ट गर्न लागेको मानव सेवा आश्रमका केन्द्रीय सदस्य एवम् मधेश प्रदेश संयोजक देवेश गुप्ताले जानकारी दिए । १६ गते बिराटनगरबाट शुरु भएको सङ्गीत यात्रा पुष १६ गते अङ्ग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा काठमाण्डौस्थित भृकुटीमण्डपमा पुगेर समापन हुने मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । 

मानवताको प्रवर्धनसँगै मानव सेवा आश्रमको भवन निर्माण तथा अक्षयकोष स्थापनाका लागि सहयोग पुग्ने अभिप्रायले नेपथ्य लाइभ कन्सर्टको आयोजना गरिएको आश्रमका संरक्षक एवम् अभिभावक तथा मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्यले बताए ।

उनका अनुसार १८ वर्षपछि वीरगंजमा नेपथ्यको कन्सर्ट हुन लागेको हो । सांगितिक मनोरञ्जनसँगै मानव सेवा आश्रमको भवन निर्माण गर्ने मानवीय कार्यमा सहयोग गर्न शाक्यले आग्रह पनि गरे । आश्रम मात्रै नभएर प्रशिक्षणस्थलको रुपमा विकास गरी मानवताको प्रबर्धन गर्ने मानव सेवा आश्रमको लक्ष्यमा ईट्टा थप्न उनको आग्रह थियाे । 

वीरगंजस्थित आदर्शनगर रंगशालामा १९ गते साँझ ४ बजेदेखि शुरु हुने कन्सर्टमा कम्तिमा ५ हजार दर्शक उपस्थित गराउने लक्ष्य आयोजकले लिएको छ । कन्सर्टलाई शान्तीपुर्ण ढंगले सम्पन्न गर्न सुरक्षा व्यवस्थासमेत मिलाइसकिएको कार्यक्रम संयोजक एवम् बरिष्ठ उद्योगी गणेश प्रसाद लाठले बताए ।

वीरगंज जस्तो औद्योगिक शहरसँगै विशेष गरी भोजपुरी समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा नेपथ्यको कन्सर्ट चुनौतीपुर्ण भएपनि यसलाई अवसरको रुपमा लिएर कन्सर्ट गर्ने दुस्साहस गरेको उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्षसमेत रहेका लाठको भनाई छ ।

उनले भने, ‘यहाँ नेपथ्य जस्तो अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त समुहलाई ल्याएर कन्सर्ट गराउनु आफैमा चुनौतीपुर्ण त छ नै, तर हामीले अवसरको रुपमा लिएर कार्यक्रम गर्ने आँट गरेका छौँ ।’

अन्तर्राष्ट्रियस्तरको सांगीतिक समूहलाई वीरगंजमा ल्याउन सक्नु पनि वीरगंजबासीका लागि गौरवको विषय भएको आश्रमकी अभिभावक एवम् जीवन ज्योती माविकी सञ्चालिका मिनाक्षी गुप्ताले बताइन् । मानव सेवा आश्रम वीरगंजकी संयोजक सानुमाया गुरुङ्का अनुसार नेपथ्यका प्रमुख गायक अमृत गुरुङ्ले झण्डै २ दर्जनभन्दा धेरै गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई मनोरञ्जन दिलाउने छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...