Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पकहा मैनपुरका अध्यक्ष मेहताद्वारा भारतमा मंदिरको शिलान्यास

spot_img
spot_img

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहताले भारतमा मन्दिरकाे शिलान्यास गरेका छन् । गाउँपालिका अध्यक्ष मेहताले शुक्रबार एक कार्यक्रमका बिच भारत बिहारको पश्चिमी चम्पारणमा पर्ने कठियामठिया ग्राम पंचायत वडा नम्बर ११ सिधवलियामा दुर्गा भवानी मंदिरको शिलान्यास गरेका हुन् ।

लगभग ६ धुर जग्गामा एक करोडको लागतमा साे मन्दिर निर्माण हुने जनाइएकाे छ । मन्दिर गाउँको चन्दा, ग्रामपंचायतको सहयोग र नेपालका जनप्रतिनिधि  गाउँपालिका अध्यक्ष मेहताको सहयोगले निमार्ण हुने सिधवलिया निवासीहरु बताएका छन ।

शिलान्यास कार्यक्रममा सोही कठियामठिया ग्रामपंचायतका मुखिया तबरेज आलम, पकहा मैनपुर गाउँपालिकाका कर्मचारी हरिमोहन महतो, अध्यक्षका स्वकिय सचिव बिनोद मेहता, रमेश मेहता, सतिश मेहता, प्रमाेद साह गोढ लगायत सिधवलिया गाउँका महिला, पुरुष, भदरभलादमी, समाजसेवी, अगुवाहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

यसैगरी गाउँपालिका अध्यक्ष मेहताले भारत कै पश्चिमी चम्मपरणमा पर्ने भेडिहरर्वामा शंकर भोलेनाथको मंदिर, भारत कै ईनारर्वामा बजरंगबलीको मंदिर निमार्ण गराउनु भएको छ भने भारतकै बसनपुर यज्ञमा पनि योग्यदान गर्नु भएको छ ।

साथै आफनै पालिकाको वडा नमबर ५ सबैठवाको गदियानी पोखरीयामा पनि ११ लाखको लागतमा बौद्धीमाई मंदिरको निमार्ण गर्नु भएको छ । गाउँपालिका अध्यक्ष मेहताले हरेक पर्व त्यौहारमा साडी, मिठाईका साथै गेहु, चाामल, धान र नगद पनि बितरण गर्ने गरेको स्थानिय छतिस मेहताले बताए ।

पालिका वा पालिका बाहिरका जो कोईको पनि बिमारी, विवाह, त्यौहार वा अन्य कुनै पनि किसिम्मको आवश्यक परेमा आमजनतालाई सहयोग गर्दै आएको परम्परा अपनाउनु भएको स्थानियहरु बताउँछन । अध्यक्ष मेहताले समाजिक दायित्व बुझेर आफुले असहाय, गरीब र पिडीतहरुलाई सहयोग गर्दै आएको र आउने दिनमा पनि गर्ने बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...