Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पक्राउ परेकाे ट्रक राजश्व अनुसन्धानमा बुझाइयाे

spot_img
spot_img

वीरगंज । बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामाग्रीहरू लोड रहेका ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिल विजक भन्दा बढी खुद्रा तथा औषधी लगायतका सामानहरू बोकेको ट्रक वीरगंजबाट रौतहटको गौर तर्फ गईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले ट्रक नियन्त्रणमा लिएको हो ।

प्रहरी टोलीले मंगलवार राती ११ बजे वीरगंज महानगरपालिका वडा नं. ८ घण्टाघर चोक स्थित सडकखण्डमा ना.७ ख ६८७५ नम्बरको मालवाहक ट्रकलाई रोकेर जाँच गर्ने क्रममा पशुपति रोड कैरियर ट्रासपोर्टबाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएको हुंदा नियन्त्रणमा लिईएको जिप्रकाले जनाएको छ ।

नियन्त्रणमा लिइएको ट्रकमा रू. ५५ लाख ६१ हजार ७ सय ६७ बराबरको खुद्रा तथा औषधीजन्य सामाग्रीहरू थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी बुधवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...