Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

बिपद, पुर्वतयारी तथा प्रतिकार्य कार्यशाला गोष्ठी सुरु

spot_img
spot_img

वीरगंज । वीरगंजमा तिनदिने पालिका स्तरीय कार्यशाला गोष्ठी बुधबारदेखी सुरु भएको छ । होटेल कुमु प्यालेशमा स्थानीय तहको शिक्षा क्षेत्रका लागि बिपद ,पुर्वतयारी तथा प्रतिकार्य योजनाका लागि पालिका स्तरीय कार्यशाला गोष्ठी सुरु भएको पालिका कल्स्टर संयोजक मित्रदेव यादवले जानकारी दिए ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय, MERCY CORPS , NSET र EDUCATIONAL को प्राबिधिक सहयोग र शिक्षा बिकास निर्देशनालय मधेस प्रदेशको आयोजना गोष्ठी संचालन भएको हो ।

पालिका स्तरीय कार्यशाला गोष्ठीमा पर्साका पोखरीया नगरपालिका , जिराभवानी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिकाका शिक्षा संयोजक र शिक्षक गरि २४ जना सहभागी भएका छ ।

पालिका स्तरीय कार्यशाला गोष्ठीको उदघाटन गर्दै पोखरीया नगरपालिकाका नगर प्रमुख प्रदुमन चौहानले स्थानीय तहको शिक्षा क्षेत्रका लागि बिपद ,पुर्वतयारी सम्बन्धि कार्यक्रम महत्त्वपूर्ण रहेकाले यसबारे सबैलाई जानकार हुने आवश्यक रहेको बताए ।

उनले गोष्ठीमा शिक्षकहरुले सिकेका सबै जानकारी शिक्षाको माध्यमले ब्यवहारमा लागु गर्न आग्रह गरेका थिए ।

शिक्षा बिकास निर्देशनालयका रामप्रवेश साहको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा डिडिआरआरका फोकल पर्सन सुशील पण्डितले कार्यक्रम बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण पालिका कल्स्टर संयोजक मित्रदेव यादवले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...