वीरगंज । बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ नौतनमा रहेको एल.एस न्युरो अस्पतालमा आमा सुरक्षा कार्यक्रम संचालनमा आएकाे छ । नेपाल सरकारकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा संचालनमा रहेको आमा सुरक्षा कार्यक्रम संचालको अनुमती प्राप्त भएपछि कार्यक्रम लागु भएको अस्पतालले जनाएकाे छ ।
स्वास्थ्य सेवा विभाग महानिर्देशकको २०७१-०७-२५ गतेको निर्णयानुसार अस्पतालले आमा सुरक्षा कार्यक्रम संचालनको स्वीकृती पाएको अस्पतालका संचालक डाक्टर वरिष्ठ न्युरो सर्जन श्यामबाबु प्रसाद पटेलले वताए । कार्यक्रम लागु भएसँगै एल.एस न्युरो अस्पतालबाट आमा सुरक्षा कार्यक्रमको मार्फत निशुल्क प्रसूति सेवा संचालन हुने डाक्टर पटेलले जानकारी दिए ।
जस अन्तर्गत निशुल्क रुपमा प्रशुती सेवा प्रदान गनुको साथै अपरेशनको माध्यमले जन्नमिने बच्चाको पनि शुल्लक नलाग्ने अस्पतालले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै डा. पटेलले वताए । यसका साथै आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम कार्यविधी निर्देशिका २०७८ मा भएको व्यवस्था अनुसार अन्य सेवा प्रदान गरिने उनले बताए ।






