Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

पर्सा क्षेत्र नं. ४ बाट निर्वाचित भएकाहरु प्रमाण पत्र पाए

spot_img
spot_img

वीरगंज ।  निर्वाचन अधिकृतकाे कार्यालय पर्सा क्षेत्र नं. ४ ले शुक्रबार एक कार्यक्रमका बिच प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा निर्वाचित उम्मेदवराहरुलाई निर्वाचित भएकाे प्रमाण पत्र वितरण गरेकाे छ ।

निर्वाचन कार्यालयले पर्सा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका रमेश रिजाल, प्रदेश सभा सदस्यमा क्षेत्र नं. ४ (१) बाट निर्वाचित कांग्रेस कै शंकर चाैधरी र क्षेत्र नं. ४ (२) बाट निर्वाचित जसपाका सिंगासन साह कलवारलाई प्रमाण वितरण गरेकाे हाे । 

मतगणना स्थल श्री जिल्ला उच्चांगल रामदेव कलवार मावि पाेखरियामा भएकाे कार्यक्रममा निर्वाचन अधिकृत रमेश श्रेष्ठले तिनै जनालाई निर्वाचित उम्मेदवारलाई फुल माला र अविरकाे टिका लगाउँदै निर्वाचित भएकाे प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

साे अवसरमा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरिक्षक तेज प्रकाश पाेखरेल, पोखरीया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार रौनियार, सहायक निर्वाचन अधिकृत एवम् सुचना अधिकारी सुरेन्द्र यादव लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...