Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

कलवार दाेस्राे पटक निर्वाचित भएकाे खुशियालीमा विजय जुलुश

spot_img
spot_img

वीरगंज । पर्साको निर्वाचन क्षेत्र नं. ४ (२) बाट प्रदेश सभा सदस्यमा शानदार जित दर्ज गरेका सिंगासन सा कलवारले बिहिबार भव्य बिजय जुलुस निकालेका छन् । सयाैंकाे संख्यामा नेता कार्यकर्ताहरू सहित निकालिएको विजय जुलुस क्षेत्र अन्तर्गतकाे छिपहमाई गाउँपलिकाको बिभिन्न वडाहरुमा परिक्रमा गर्दै धन्यावाद ज्ञापन गरेकाे कलवारका स्वकीय सचिव सचिन सिंहले बताए ।

एमाले-जसपा गठबन्धनका उम्मेदवार कलवारले भारी मतान्तरले आफ्ना निकटत्म प्रतिद्वन्दी एमालेका बागी उम्मेदवार प्रहलाद साह कानुलाई हराउँदै दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । कलवार १५ हजार ४३५ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार कानुले १२ हजार ६ सय ८१ मत पाएका थिए । अर्का प्रतिस्पर्धी बाम लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रकी चाँद तारा कुमारी (शेख चाँद) ले एह हजार ७७३ मत मात्र पाएका थिए ।

यस पालिकाकाे निर्वाचनमा कलवारलाई हराउन  गठबन्धन भित्र कै नेताहरु कमर कसेर लागेका थिए । कलवारबाट पराजित भएका स्वतन्त्र उम्मेदवार कानु एमाले पर्साका सचिव समेत रहेका छिपहरमाई गाउँपालिका अध्यक्ष मनाेज गुप्ताकाे हजुर बुवा हुन् । 

छिपहरमाई गाउँपालिका वडा नं. १ भलुवहीयाबाट निकालेको जुलुसमा जसपा क्षेत्र नं. ४ का नेता, कार्यकर्तासहित उनका समर्थकहरु सहभागीता रहेको थियो । विजय जुलुसमा कलवारले प्रतिक्रिया दिदै यो जित विकास र आम जनताको रहेको बताए ।

जुलुसमा मदन चौहान, रामशिष महतो, हिमाञ्चल महतो, इन्द्रासन कलवार, राम पुकार यादव, रंजित साह कानु लगायतका जसपाका नेता, कार्यकर्ताहरुको सहभागीता रहेको थियो । बिजय ¥याली शुक्रवार पनि निकालिने तथा बाकी रहेको क्षेत्रको अन्य भागहरुमा जनताको घरदैलो पुगेर मतदातालाई धन्यवाद ज्ञापन गर्ने जनाइएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...