Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

नयाँ इतिहास रच्दै पर्सा १ मा पुन: प्रदिप यादव विजयी

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. १ काे प्रतिनिधि सभा सदस्यमा पुन: जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदिप यादव विजयी भएका छन् । धेरै कडा प्रतिस्पर्धा रहेकाे यस क्षेत्रमा पूर्व मन्त्री समेत रहेका यादव एक हजार ६२० मतान्तरले विजयी भएका हुन् ।

एमाले-जसपा गठबन्धनका साझा उम्मेदवार समेत रहेका यादवले २२ हजार ५३७ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अजय कुमार द्विवेदीले २० हजार ९१७ मत पाएका थिए । यादवसंग पराजित भएका द्विवेदी नेपाली कांग्रेसका बागी उम्मेदवार थिए । द्विवेदी नेपाली कांग्रेस पर्साका पूर्व जिल्ला सभापति हुन् ।

यस क्षेत्रबाट विगतमा दाेस्राे पटक काेई निर्वाचित नभएकाे इतिहासलाई ताेड्दै यादव विजयी भएका हुन् । दाेस्राे पटक यादव विजयी भएकाे खुशियालीमा उनकाे समर्थकले भव्य विजयी जुलुश निकालेका छन् । 

प्रतिनिधि सभा सदस्यका अर्का उम्मेदवार राप्रपाका किरणमान डंगाेल २ हजार ६ सय ५९ मत, ५ दलिय बाम लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार लाेसपाका लक्ष्मण लाल कर्ण एक हजार ११७ मत, नेपाल लाेकतान्त्रिक पार्टीका सुन्दर साह कानु २३७ मत, अर्का स्वतन्त्र उम्मेदवार नाैसाद अंसारी २२७ मत, नेपाल कम्युनिष्ट पार्टी मार्कसवादीका शंकर प्रसाद चाैरसिया १७३ मत, नेपाल सुशासन पार्टीका अजय कुमार रिजाल १४० मत पाएका छन् ।

अन्य एक दर्जन भन्दा बढी उम्मेदवारहरुले एक सय मत पनि कटाउन सकेका छैनन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...