Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

प्रदेशसभा पर्सा क्षेत्र नं. १ (२) मा पुन: मुख्यमन्त्री राउत विजयी

spot_img
spot_img

वीरगंज । प्रदेशसभा पर्सा क्षेत्र नं.  १ काे (२) मा पुन: मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी ५ दलिय बामलाेकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामनारायण प्रसाद कुर्मीलाई एक हजार २ सय ३३ मतले हराउँदै एमाले- जसपा गठबन्धनका उम्मेदवार जसपाका राउत विजयी भएका हुन् ।

बुधबार विहान सम्पन्न पर्सा क्षेत्र नं. १ (२) काे अन्तिम मतपरिणाम अनुसार मुख्यमन्त्री राउत ७ हजार ५ सय ४५ मत ल्याएर पुन: प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनकाे निकटतम् प्रतिस्पर्धी कांग्रेसका कुर्मीले ६ हजार दुई सय १२ मत पाएका छन् ।

यसैगरी अर्का प्रतिस्पर्धी राप्रका विनय प्रसाद झा २ हजार ८ सय ४१ मत, हाम्राे नेपाली पार्टीका ओमप्रकाश सर्राफ २ हजार २९ मत, स्वतन्त्र उम्मेदवार शशि कपूर मियाँ एक हजार ८० मत, श्याम प्रसाद गुप्ता ४ सय ८५ मत, जनमत पार्टीका शिव प्रसाद यादव ३५९ मत, नेपाल सुशासन पार्टीका मनाैवर हुसेन ३ सय १ मत, नेपाल लाेकतान्त्रिक पार्टीका हरिन्द्र प्रसाद कुर्मी २७० मत, अर्का स्वतन्त्र उम्मेदवार राकेश कुमार दुवे २ सय २७ मत, संताेष कुमार श्रेष्ठ २१५ मत, विशाल कुमार एक सय ६६ मत, जनता प्रगतिशिल पार्टीका अंकुश पटेल एक सय १४ मत पाएका छन् ।

यसै क्षेत्रकाे प्रदेश सभा सदस्यमा स्वतन्त्र स्वतन्त्र उम्मेदवारी दिएका ७ जना उम्मेदवार एक सय मत पनि पाएका छैनन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर...