Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

प्रदेशसभा पर्सा क्षेत्र नं. १ (२) मा पुन: मुख्यमन्त्री राउत विजयी

spot_img
spot_img

वीरगंज । प्रदेशसभा पर्सा क्षेत्र नं.  १ काे (२) मा पुन: मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी ५ दलिय बामलाेकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामनारायण प्रसाद कुर्मीलाई एक हजार २ सय ३३ मतले हराउँदै एमाले- जसपा गठबन्धनका उम्मेदवार जसपाका राउत विजयी भएका हुन् ।

बुधबार विहान सम्पन्न पर्सा क्षेत्र नं. १ (२) काे अन्तिम मतपरिणाम अनुसार मुख्यमन्त्री राउत ७ हजार ५ सय ४५ मत ल्याएर पुन: प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनकाे निकटतम् प्रतिस्पर्धी कांग्रेसका कुर्मीले ६ हजार दुई सय १२ मत पाएका छन् ।

यसैगरी अर्का प्रतिस्पर्धी राप्रका विनय प्रसाद झा २ हजार ८ सय ४१ मत, हाम्राे नेपाली पार्टीका ओमप्रकाश सर्राफ २ हजार २९ मत, स्वतन्त्र उम्मेदवार शशि कपूर मियाँ एक हजार ८० मत, श्याम प्रसाद गुप्ता ४ सय ८५ मत, जनमत पार्टीका शिव प्रसाद यादव ३५९ मत, नेपाल सुशासन पार्टीका मनाैवर हुसेन ३ सय १ मत, नेपाल लाेकतान्त्रिक पार्टीका हरिन्द्र प्रसाद कुर्मी २७० मत, अर्का स्वतन्त्र उम्मेदवार राकेश कुमार दुवे २ सय २७ मत, संताेष कुमार श्रेष्ठ २१५ मत, विशाल कुमार एक सय ६६ मत, जनता प्रगतिशिल पार्टीका अंकुश पटेल एक सय १४ मत पाएका छन् ।

यसै क्षेत्रकाे प्रदेश सभा सदस्यमा स्वतन्त्र स्वतन्त्र उम्मेदवारी दिएका ७ जना उम्मेदवार एक सय मत पनि पाएका छैनन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

काम नसकिँदै अस्पताल उद्घाटन गर्न खोज्दा फेटामा किन चल्यो गोली ?

वीरगंज । बाराको फेटा गाउँपालिकामा नवनिर्मित १५ शय्याको अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर भएको विवादले उग्र रूप लिएपछि स्थिति तनावपूर्ण बनेको छ । झडपका...

सिर्सिया नदी संरक्षणका लागि पाँचबुँदे निर्णय, उद्योगको रासायनिक फोहोर रोक्न कडाइ

वीरगंज । बढ्दो औद्योगिक तथा सहरी प्रदूषणले प्रभावित सिर्सिया नदीको संरक्षण र दीर्घकालीन पुनःस्थापनाका लागि पाँचबुँदे निर्णय गरिएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा...

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...