Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026

छिपहरमाईका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसंग स्पष्टीकरण माग

spot_img
spot_img

वीरगंज । निर्वाचन आयोगले पर्साको छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता र प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद साहलाई स्पष्टीकरण सोधेको छ । नगरपालिकाले मिति २०७९ /०५/२५  गतेको सूचनाबाट करार सेवामा शिक्षक नियुक्त गर्ने सूचना प्रकाशन गरी उक्त प्रक्रिया हालसम्म जारी रहेको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी यस आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधेको हो ।

उल्लेखित सन्दर्भमा तहाँबाट निर्वाचन आचारसंहिता, २०७९  लागू रहेको अवस्थामा अगाडि बढाईएको करार शिक्षक नियुक्ति प्रक्रिया सम्बन्धमा के कसो भएको हो? यदि निर्वाचन आचारसंहिता, २०७९ को विपरित हुने गरी करारमा शिक्षक नियुक्ति गरिएको हो भने उक्त नियुक्ति बदर गर्नु नपर्ने कारण के हो? यो पत्र प्राप्त भएको २४  (चौबीस) घण्टाभित्र निर्वाचन आयोगको इमेलमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ । अन्यथा कानून बमोजिम कारवाही हुने आयोगले जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सरकारी निर्देशनविपरीत नारायणी अस्पतालमा दैनिक ज्यालादारीमा कर्मचारी भर्ना

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कर्मचारी नियुक्ति रोक्न सम्बन्धी निर्देशनविपरीत नारायणी अस्पतालले दैनिक ज्यालादारीमा कर्मचारी भर्ना गरेको पाइएको छ । अस्पतालले २०८३...

विश्व वातावरण दिवसमा गौतम माविद्वारा विद्यार्थीलाई निःशुल्क विरुवा वितरण

वीरगंज । विश्व वातावरण दिवसको अवसरमा गौतम माद्यमिक विद्यालयले विद्यार्थीहरूलाई विभिन्न प्रजातिका विरुवा वितरण गर्दै वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरेको छ । हरियाली संरक्षण...

इप्रका पाेखरियाद्वारा लागुऔषध मुद्दाका फरार प्रतिवादी कालिकामाईका केवट पक्राउ

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकाबाट लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पोखरियाले अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक व्यक्तिलाई...