Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

आगामी चैत्रसम्म गौरव गर्न लायकको महानगर बनाएर देखाउँछु : मेयर सिंह

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंजलाई आगामी चैत्रसम्ममा गौरव गर्न लायकको महानगरपालिका बनाउने दाबी गरेका छन् । साउथ जोन माविले वीरगंजस्थित नारायणी रंगशालामा आयोजना गरेको वार्षिक खेलकुद समाराेकाे उद्घाटन गर्दै मेयर सिंहले यस्ताे दाबी गरेका हुन् ।

उनले बीरगंज बाहिर रहेका आफन्त तथा साथीभाई वीरगंज घुम्न निमन्त्रणा दिन सक्ने अवस्थाको वीरगंज बनाएर देखाउने दाबी समेत गरे । तर त्यसका लागि जसरी जिताएर मेयर बनाउनुभयो, त्यसरी नै काम कारवाहीको सिलसिलामा साथ दिन मेयर सिंहले जनतालाई अपिल गरे ।

खेलकुद समाराेहका प्रमुख अतिथी समेत रहेका मेयर सिंहले खेलकुदको सन्दर्भलाई जोड्दै विगतमा महानगरमा खेलकुदको नाममा करौडौंको भ्रष्टाचार भएको आराेप लगाए । उनले खेलकुदको पैसामा भ्रष्टाचार हुनु दुखद भएको बताउदैं उनले विगतका दिनमा बीरगंज महानगरपालिकाबाट खेलकुदका नाममा १ करोड बजेट छुटाउने गरेकोमा ५० लाख भत्ता र खाजामा सक्ने गरेकोले अब त्यस्ता विकृतिको अन्त गर्ने बताए ।

खेलकुदले स्वास्थ्य र राष्ट्रलाई विकास गर्नमा मद्दत पुर्याउने भएकोले साउथ जोनले आयोजना गरेको खेलकुद कार्यक्रमको सराहना गर्दै उनले अरु विद्यालयले पनि विद्यालय स्तरबाटै खेलकुदलाई जोड दिनु पर्ने जिकिर गरे । लामो समय पश्चात वीरगंजमा साउथ जोनले यस प्रकारको खेलकुद कार्यक्रम गरेकोमा मेयर सिंहले धन्यवाद समेत प्रकट गरे ।

साउथ जोनले पहिलोपटक आयोजना गरेको वार्षिक खेलकुद कार्यक्रममा उत्साहजनक रुपमा नर्सरीदेखि कक्षा १० सम्मका १०० भन्दा बढी विभिन्न खेलकुदमा एक हजार भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए । खेलकुद समारोहमा मेयर सिंह लगायत उपस्थ्ति अतिथि, अभिभावक र शिक्षकहरुले विजेता भएका खेलाडी विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र दिएर सम्मानित गरे ।

विद्यालयका प्रिन्सिपल सरोज प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रम प्याब्सनका केन्द्रीय सदस्य छेडुप लाम, प्याब्सन मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याम केसी, प्याब्सन जिल्ला समिति पर्साका अध्यक्ष पुरन प्रधान, प्याब्सन महानगर अध्यक्ष आलोक कुमार चौरसिया, एन प्याब्सनका नगर अध्यक्ष जियालाल गुप्ता, बीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई एवं अभिभावक, शिक्षक, शिक्षिका तथा विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

कार्यक्रमको स्वागत मनतव्य शिक्षिका प्रमिला निरौलाले गरेकी थिइन् भने सहजिकरण सहायक प्रिन्सिपल अशोक संग्रोलाले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...