Date
मङ्ल, असार २३, २०८३
Tue, July 7, 2026

अदालतसम्म लडेको नागरिकताकाे समस्या सामधान गरेरै छाड्छु : प्रदीप यादव

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्यका जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार प्रदीप यादवले नयाँ सरकार बनेको एक महिना भित्रै नागरिकताको समस्या सामधान हुने बताएका छन् ।

जसपाका केन्द्रिय राजनीतिक सदस्य समेत रहेका यादवले मंसिर ४ को निर्वाचनबाट केन्द्रमा जसपा–एमाले गठबन्धनको सरकार बन्ने र त्यो सरकारले नागरिकताको समस्या एक महिना भित्रै सामधान गर्ने दाबी गरेका हुन् । एमालेले पनि आफ्नो घोषणा–पत्रमै नागरिकताको समस्या एक महिना भित्र सम्बोधन गर्ने उल्लेख गरिसकेकोले अब यसमा कुनै उल्झन नरहने उनले बताए ।

बिहीबार वीरगंजमा सन्चारकर्मीसंग कुरा गर्दै पूर्वमन्त्री समेत रहेका यादवले भने, ‘जसपाले नै नागरिकताको मुद्धा सम्बोधनका लागि सडकदेखि सदनसम्म संघर्ष गर्दै आएको छ, एमालेले पनि घोषणापत्रमै एक महिना भित्र सम्बोधन गर्ने उल्लेख गरिसकेको छ, त्यस कारण अब यो मुद्धा सम्बोधन हुन्छ ।’

विपक्षीले जति सुकै हावा फैलाएपनि जित सुनिश्चित छ

यादवले पर्सा १ मा विपक्षीले जति सुकै हावा फैलाएपनि आफ्नो जित सुनिश्चित भइसकेको दाबी गरे । यादवले भने, ‘विपक्षीहरुले फेसबुकमा अरु क्षेत्रका मान्छे खटाएर अनर्गल हावा फैलाइरहेका छन्, त्यसले केहि फरक पर्नेवाला छैन, किन कि मत दिने पर्सा १ का मतदाताहरु हुन्, उनिहरुको अपार समर्थन मलाई छ, त्यस कारण मेरो जित सुनिश्चित छ ।’ उनले पर्सा १ का जनताले कामको मुल्यांकन गर्ने भएकाले यसपालि यहाँका मतदाता कसैको भावनामा नबहकिने जिकिर पनि गरे ।

पर्सा १ मा कुनै पनि उम्मेदवार दोहोर्याएर जितेको इतिहास त छैन नि ? भन्ने सन्चारकर्मीको प्रश्नमा यादवले यसपालि भने पर्सा १ मा नयाँ इतिहास रचिने दोहो¥याए ।

यादवले भने, ‘म भन्दा पहिले जितेका सांसदहरु जनता भन्दा पनि पदको लिप्सामा मात्रै रमाएर बसे, जनताको समस्या र सुखदुखदको मतलब नै गरेनन् , तर २०७४ मा मैले जितेपछि जनताकै माझमा बसे, क्षेत्रको विकास र समृद्धिका लागि थुप्रै कामहरु गरे, त्यसैको मुल्यांकन गरेर जनताले फेरि मलाई अवसर दिदैछन्, पर्सा १ ले यसपालि नयाँ इतिहास रच्दैछ ।’

तपाइले पनि खासै कुनै ठोस कामहरु गर्नु भएन भनेर विपक्षीहरुले आरोप लगाउदैछन् त ? भन्ने प्रश्नमा यादवले भने, ‘विगत पाँच वर्षको कार्याकालमा पर्सा १ मा विकास निर्माणका के के कामहरु गरेको छु ? जनताको सुखदुखमा सदैव साथ दिएको छु कि छैन ? यस बारे जान्न चाहनु हुन्छ भने क्षेत्रमा गएर हेर्दा हुन्छ, त्यहाँका जनताले आफै तपाईलाइ मैले गरेका कामहरु देखाइदिने छन् ।’

विगतमा सांसद र उपमेयर जितेर पनि केहि गर्न नसकेका व्याक्तिले नै अहिले प्रदीप यादवले केहि गरेन भन्दै भ्रम छर्दै हिडेपनि जनताबाट उनले जवाफ पाइसकेका कारण अत्तालिएर ती व्याक्तिले भ्रम छरेको यादवले बताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद पन्तको आरोप : प्रहरीकै मिलेमतोमा नेपालीलाई क्यासिनो प्रवेश, तस्करी रोक्न पनि असफल

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य (सांसद) हरि पन्तले गृह जिल्ला पर्साको प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठाउँदै क्यासिनोमा नेपालीहरूको गैरकानुनी...

पर्सामा कारबाट १०२ केजीभन्दा बढी गाँजा बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले १०२ केजी ६३८ ग्राम गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । गाँजा ओसारपसारमा प्रयोग गरिएको भारतीय नम्बर प्लेटको कारसमेत...

जगरनाथपुर–३ जमुनियामा नवनिर्मित प्रवेशद्वार उद्घाटन

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका–३, जमुनिया गाउँको प्रवेशस्थलमा निर्माण गरिएको पक्की स्वागत प्रवेशद्वार (गेट) को सोमबार उद्घाटन गरिएको छ । पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति...