Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

वीरगंजकाे विभिन्न वडामा यादवको घरदैलो, फेरी जिताएर पठाउने मतदाताको प्रतिक्रिया

spot_img
spot_img

वीरगंज । प्रचारप्रसार गर्न पाउने बिहिबार अन्तिम दिन पर्साको क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका लागि जसपा-एमाले गठबन्धनबाट साझा उम्मेदवार प्रदीप यादव वीरगंजकाे विभिन्न वडाहरुमा पुगेका छन् ।

चुनावी घरदैलोका उम्मेदवार यादव वीरगंज महानगरपालिकाकाे वडा नम्बर १२ मुर्ली, वडा नम्बर १३ राधेमाई, वडा नम्बर १४ पिपरा, वडा नम्बर १६ नगवा र वडा नम्बर २० हरपतगञ्ज गरी ५ वडाका मतदातासँग भेटघाट गरेका छन् ।

पाँच वटै वडामा पुगेर नेकपा एमाले र जसपाको सयुँक्त घरदैलोका क्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार यादव र प्रदेश सभा सदस्यका उम्मेदवार विचारी प्रसाद यादवले चुनावी एजेण्डाका सम्बन्धमा छलफल गरेका छन् ।

मतदातासँग भेट्दै पूर्व वन तथा वातावरणमन्त्रीसमेत रहेका यादवले यसअघि ५ वर्षको कार्यकालमा आफुले गरेका कामको मूल्यांकन जनताले गर्ने विश्वास व्यक्त गरेका छन् ।

सांसद र मन्त्री बन्दा पनि यही क्षेत्रका जनताको आवाज आफुले उठाएको र यही क्षेत्रको विकास र समृद्धिका लागि पैरवी गर्दै आएको यादवको भनाई छ ।

भौतिक पूर्वाधार निर्माणसँगै सामाजिक क्षेत्रमा पनि सँधै सक्रिय रहने यादवले फेरी पनि जित्नुपर्ने स्थानीय मतदाताको प्रतिक्रिया थियो । ५ वर्षभन्दा अघिका जुन सांसद् आएपनि केही काम नगरेकोमा यादवले ५ वर्षमा धेरै काम गरेको त्यस क्षेत्रका बासिन्दाले बताएका छन् ।

यसअघि सडक नै नभएका ठाउँमा आफ्नै पहलमा सडक बनाएको बताउँदै यादवले पनि अबको कार्यकालमा कच्ची सडक मुक्त क्षेत्र बनाउने दावी गरे । सडक सञ्जालको विस्तारबाट विद्यार्थी, कृषकदेखि अन्य पेशामा आबद्ध जनता प्रत्यक्ष लाभान्वित हुने र विकासको ढोका खुल्ने यादवको भनाई छ । यस क्षेत्रका लागि आफुले गरेको विकास र परिवर्तनको परिकल्पनालाई वास्तविकतामा बदल्नका लागि फेरी एकपटक छाता छापमा मतदान गरेर निर्वाचित गराउन यादवले आग्रह गरेका छन् ।

महिलालाई सशक्तीकरण बनाउनुका साथै आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिँदै यादवले महिलामुखी योजना र नीति निर्माणका लागि पहल गर्ने बताए । महिलालाई शिक्षित र दक्ष बनाउँदै उनीहरुमा उद्यमशीलताको विकास गर्न अबको प्राथामिकताको विषय हुने उनको भनाई छ ।

घरदैलोमा पर्साको क्षेत्र नम्बर १ (क) बाट जसपा र एमाले गठबन्धनका प्रदेश सभा सदस्यका उम्मेदवार बिचारी प्रसाद यादवसहित गठबन्धनमा आवद्ध दलका नेता एवम् कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...