Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

जनमत पार्टीका उमेदवार डा. यादवद्वारा घरदैलोलाई निरन्तरता

spot_img
spot_img

परवानीपुर । प्रतिनिधिसभा पर्सा निर्वाचन क्षेत्र नं. ४ का जनमत पार्टीका उमेदवार डाक्टर अजय यादवले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवार डाक्टर यादवले घरदैलोको क्रममा आफ्नो क्षेत्रको मिर्जापुर, झलमैया, जिराभवानीपुर गाउँपालिका अन्तर्गतका वडाहरूमा मतदातासँग भेटघाट गरेका छन् ।

भेटघाट गर्दै उम्मेदवार डा. यादवले क्षणभरको खुसीको लागि दारु, मासु र पैसाको लोभमा आफ्नो भविष्य अन्धकारमा न डुबाउन अनुरोध गरे । उनले यस क्षेत्रबाट जितेका अधिकांश नेताहरु विकासको नाममा सोझा साझा जन्तालाई ठग्ने काम मात्र गरेको आरोपमा लगाए ।

उनले अबको समय भ्रष्टाचार जर देखिनै उखेलेर फाल्नु पर्ने भएकोले पढे लेखेका उमेदवारलाई जिताउन आग्रह गरे । जनमत पार्टीको अजेन्डा नै सुखी, समृद्धि जनताको हक, अधिकार नै भएकोले आफूहरु समाजलाई सहि दिशामा अगाडि बढाउन र युवा, विद्यार्थीका लागि उच्च शिक्षामा लगानी गरी समाजलाई अगाडि बढाउन निर्वाचनमा भाग लिएको बताए ।

यादवले समाजको विकास र निकास राजनीतिकबाट नै सम्भव भएको हुनाले यसपाली जनताले सही उमेदवारलाई जिताउन आग्रह गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...