Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

ग्रामिण वडामा सुविधासम्पन्न स्वास्थ्य सेवा पुर्‍याउन पहल गर्छु : प्रदीप यादव

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का जसपा–एमाले गठबन्धनका उम्मेदवारहरुले मङ्गलबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ मा पर्ने टेढा र जितपुर परसवामा घरदैलो गरेका छन् ।

प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादव र पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेशसभा सदस्य उम्मेदवार विचारी यादवसँगै दुवै दलका नेता कार्यकर्ताहरुले घरदैलो गरेका हुन् ।

घरदैलोका क्रममा मतदाताहरुलाई भेट्दै पूर्वमन्त्रीसमेत रहेका प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवले महानगरका ग्रामीण वडामा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने वाचा गरे । उनले भने, ‘गुणस्तरीय स्वास्थ्य सेवा आजको आवश्यकता हो । यसलाई पूरा गर्न हरेक वाडमा एमबीबीएस डाक्टर सहितको उपचार सेवा उपलब्ध गराउनेछु । उपचारका लागि वीरगञ्ज बजारकै अस्पतालमा धाउनु पर्दैन ।’

उनले महानगरका ग्रामीण भेगका वडामा अझै पनि सर्वसुलभ उपचार गर्ने स्वास्थ्य संस्था नरहेको भन्दै सांसदमा जिते पछि हरेक वडामा सुविधा सम्पन्न सरकारी स्वास्थ्य संस्था बनाउने बताए । उनले भने, ‘बिरामीलाई तत्कालै रेस्क्यू गर्न सबैको पहुँच हुने गरी हेल्पलाइन सहित एम्बुलेन्स सेवा हरेक वडामा हुन्छ ।

उनले स्वास्थ्यका साथै ग्रामीण वडामा रहेका सरकारी विधालयको स्तरोन्नत्ती पनि आफनो प्राथमिकतामा रहेको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...