Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

राष्ट्र निर्माणको लागि लौरोमा मतदान गर्न उम्मेदवार सर्राफकाे आग्रह

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. १ (२) बाट प्रदेशसभा सदस्यका उम्मेदवार ओमप्रकाश सर्राफले राष्ट्र निर्माणको लागि लौरो (छडी) छापमा मतदान गर्न आग्रह गरेका छन् ।

वीरगंज महानगरपालिकाकाे वडा नम्बर १६ को शिवम टोलमा घरदैलो गर्दै राष्ट्र निर्माणकाे लागि आफ्नाे चुनाव चिन्ह लाैराेमा मतदान गरी बिजयी गराउन मतदातासंग आग्रह गरेका हुन् । सर्राफले जनताले देखेका सपनालाई सार्थकता प्रदान गर्ने बेला अहिले आएकाले सही मुल्यांकन गरेर मतदान गर्न समेत आग्रह गरे ।

यसअघि जितेर मुख्यमन्त्री समेत बनेका यस क्षेत्रका जनप्रतिनिधीबाट जनता निराश र आक्रोशीत रहेको भन्दै उनले अब त्यसको जवाफ दिने सहि समय आएको उम्मेदवार सर्राफकाे भनाई थियाे ।

मंसिर ४ गते हुने निर्वाचनले अब देश र जनताको भविष्य निर्धारण गर्ने बताउँदै सर्राफले सक्षम र सबल उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।

सर्राफले भने, ‘जनतालाई मुर्ख सम्झिने समय अब छैन, धेरै भयो जनतालाई झुठो आश्वासन देखाएको, तर अब आश्वासन देखाउने हैन, काम गर्ने बेला आएको छ, त्यसैले काम गर्ने उम्मेदवारलाई मतदान गर्न आवश्यक छ ।’

घरदैलो कार्यक्रममा हाम्राे नेपाल पार्टीकी समानुपातिक उम्मेदवार गुड्डी जोशी लगायतकाे पनि सहभागीता रहेकाे थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...