Date
शुक्र, साउन २९, २०८३
Fri, August 14, 2026

गाैतम स्कुलका संचालक लामाद्वारा अभिभावलाई ज्यान मार्ने धम्की

spot_img
spot_img

वीरगंज । गौतम स्कुल वीरगंजका संचालक सोनम लामाले एक अभिभावकलाई ज्यान मार्ने धम्की दिएका छन् । लामाले वीरगंज महानगरपालिकाकाे वडा नं. ९ निवासी संदिप कुमार साहलाई ज्यान मार्ने धम्की दिएका हुन् ।

अभिभावक संघर्ष समिति, पर्साका अध्यक्ष समेत रहेका साहले लिखित रुपमा माग गरेकाे सूचना उपलब्ध गराउन साेमबार विद्यालयमा संचालक लामाले बाेलाएर दुर्व्यवहार गर्दै ज्यान मार्ने धम्की समेत दिएकाे भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा उजरी दिएका छन् ।  

उजुरीको आधारमा छानबिनका लागि लामालाई उपस्थित गराउन भन्दै जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र काटेको छ । उजुरी सम्बन्धमा कारवाही प्रक्रिया अघि बढाइएको र छलफलका लागि लामालाई उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय, पर्सालाई निर्देश दिइएकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।

विद्यालयले चालु शैक्षिक सत्रमा लगभग एकैपटक ४५ प्रतिशत शुल्क वृद्धि किन गरिएको हो भन्दै जानकारी माग्न अध्यक्ष साहले लिखित निवेदन दर्ता गराएका थिए । गत कार्तिक १७ गते विद्यालयमा गई शुल्क वृद्धिको कारणसहितको सूचना आफुले माग गरेको अध्यक्ष साहले बताए । उनका अनुसार साे सूचना उपलब्ध गराउन विद्यालय प्रशासनले बारम्बार समय दिए पनि उपब्ध गराएकाे थिएन । 

तर साेमबार साेही सूचना उपलब्ध गराउन विद्यालय प्रशासन बाेलाएकाे बेला संचालक लामाले अश्लिल गाली गर्दै लछारपछार गरेर दुर्व्यवहार गर्दै विद्यालय बाहिर समेत निकालेको पिडित साहले बताए । साथै, लामाले अब बाटोमा देखिएमा ज्यान मार्ने र परिवारका सदस्यको अपहरण समेत गराईदिने भन्दै धम्की दिएको साहको आरोप छ ।

चालु शैक्षिक सत्र विद्यालय अस्वाभिक रुपमा अत्यन्त धेरै शुल्क वृद्धि गरेको भन्दै सो विद्यालयका अभिभावकहरु आन्दोलित छन् । त्यस यता विद्यालय समय समाधान गर्नुकाे सट्टा उल्टै गुन्डागर्दी शैलीमा अभिभावकलाई धाकधम्की दिन थालेकाे छ ।

उता, शुल्कको विषयको विवादलाई हल गर्न बीरगंज महानगरपालिकाले भने विद्यालय वर्गीकरण र शुल्क निर्धारणको काम अघि बढाएको भए पनि हालसम्म त्यसको छिनोफानो भने गरिसकेको छैन ।

यस्तै, शुल्कको छिनोफानो नलागेसम्मको लागि तत्कालको लागि शुल्कको विषयको विवाद मिलाउन भन्दै महानगरपालिकाले सर्वपक्षीय बैठक डाकेर सहमति समेत गराएकाे थियाे । तर सो विद्यालय र अभिभावक बीचको विवाद भने टुंगिएको छैन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

परीक्षामा मोबाइल प्रयोगको विषयलाई लिएर ठाकुरराममा विद्यार्थी समूहबीच कुटाकुट

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा परीक्षामा मोबाइल प्रयोग गरेको विषयलाई लिएर बिहिबार विद्यार्थी नेताका दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको छ । घटनामा...

‘तल्लो तहका प्रहरीको पीडा कसले सुनिदिने ?’ सरुवा–काजप्रति प्रहरी श्रीमान्–श्रीमतीको गुनासाे

वीरगंज । प्रहरी संगठनभित्र तल्लो तहका कर्मचारीहरूले आफूहरूले लामो समयदेखि व्यावहारिक तथा पारिवारिक समस्या भोग्दै आएको गुनासो गरेका छन्। एक प्रहरी अधिकृतले संगठनमा तल्लो...

छिपहरमाईमा रास्वपाको अगुवा कार्यकर्ता भेला, स्थानीय निर्वाचनको तयारीमा जुट्ने निर्णय

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगुवा कार्यकर्ता भेला तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ । रास्वपा छिपहरमाई गाउँपालिका समितिको...